काठमाडौं – लामो समयदेखि विवादमा रहेको डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको बक्यौता सरकारले १५ दिन भित्रमा उठाउने भएको छ।
आइतबार बसेको मन्त्रिपरिषद्ले ‘टाइम अफ डे’ (टीओडी) मिटरको तथ्यांकको आधारमा १५ दिनभित्र डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका उद्योगहरुसँग विद्युत बक्यौता उठाउने निर्णय गरेको हो ।
हाल २८ वटा उद्योगको लाइन प्राधिकरणले काटेको छ।काटिएका उद्योगहरुको लाइन पनि १५ दिन भित्र जोड्नु पर्ने भनिएको छ ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले हिजो भएको मन्त्रिपरिषद्को निर्णय प्राधिरणमा आइनसकेको बताए ।
मन्त्रिपरिषद्को निर्णय आएपछि मात्रै प्राधिकरण अगाडि बढ्ने उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।