काठमाडौं– साना प्रविणको उत्कृष्ट अर्धशकमा नेपालले महिला यू–१९ एसिा क्वालिफायरमा थाइल्यान्डलाई १४० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा नेपालले ९ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पार्यो। नेपालका लागि ओपनर साना प्रविणले अर्धशतकीय इनिङ्स खेलिन्।
साना र सावित्री धामीबीच कीर्तिमानी साझेदारीसमेत भएको छ। पहिलो विकेटका लागि उनीहरुबीच ८८ रनको साझेदारी भएको हो। यो साझेदारी एसिया क्वालिफायरमा यो उमेर समूहमा तेस्रो ठूलो साझेदारीसमेत हो।
सानाले ४६ बलमा सात चौकाको सहयोगमा ५३ रन जोड्दा अर्की ओपनर सावित्री धामीले ३६ बलमा २८ रन बनाइन्। यस्तै सोनी पाख्रिनले १९ रन बनाउँदा त्रिल्सना विश्वकर्माले ९ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। १२ रन नेपालले एक्स्ट्राका रुपमा पाएको हो।
थाइल्यान्डकी नत्थारिकाले ३ र केसिनी के ले २ विकेट लिए। अरु विकेट भने नेपालको रनआउटको रुपमा गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।