काठमाडौँ- कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइएको छ। कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री अधिकारी आज नै विराटनगरबाट पक्राउ परेका थिए।
अनुसन्धानका लागि उनलाई विमानमार्फत काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।
नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको थियो।
मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए। उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए। तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो।
नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।