पोखरा– इमेज सहकारी ठगी प्रकरणमा मुछिएका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई कास्की ल्याइएको छ।
पोखरामा रहेको इमेज सहकारीमार्फत झन्डै ६८ करोड ठगीको आरोप मुद्दामा पुर्पक्षका लागि बागलुङ कारागारमा रहेका नेपालीलाई पोखरा ल्याइएको हो।
उनी विरुद्ध पोखरामा पनि बचतकर्ताले जाहेरी दिएका थिए।
५ सय २४ जना बचतकर्ताले नेपालीविरुद्ध उजुरी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।