काठमाडौं– दसैं, तिहार, छठजस्ता ठुला चाडपर्व सकिएसँगै काठमाडौं उपत्यका छाडेकाहरू फर्किन थालेका छन्।
हिजो आज राजधानी फर्किनेको चापले काठमाडौँको कलङ्की, थानकोट, भक्तपुरका नाकामा भीड देखिन थालेको छ।
नेपाल ट्राफिक प्रहरी अनुसार चाडपर्व मनाउन काठमाडौँ उपत्यका छाडेकाहरू हिजोसम्म लगभग ९० प्रतिशत भित्रिसकेको छन् ।
यस वर्ष बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि अघिल्ला वर्षको तुलनामा कम मान्छेले राजधानी छाडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।