काठमाडौं– ताप्लेजुङको पाथीभारामा केबलकार शिलान्यासका क्रममा दुई पक्षबीच झडप भएको छ। शिलान्यास कार्यक्रमलाई विथोल्ने पक्षले ढुंगामुडा गरेपछि शिलान्यास गर्ने पक्ष पनि प्रतिवादमा उत्रिएको थियो।
शुक्रबार दिउँसो ताप्लेजुङको तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउन शिलान्यास गर्ने कार्यक्रम रहेको थियो। जहाँ एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत पुगेका थिए।
तर, कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने समूहका व्यक्तिहरुले ढुंगामुडा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ। फुङलिङ नगरपालिकाका मेयर मादेनका अनुसार विवादकै बीच स्काभेटर चलाएर स्टेशनको शिलान्यास गरिएको छ।
पाथीभरा देवीको मन्दिर ताप्लजुङमा २ हजार ७९४ मिटर उचाइमा अवस्थित छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।