काठमाडौं- नेपाली वैज्ञानिक डा शिव सुवेदीले विश्व चर्चित साइन्स जर्नलबाट प्रदान गरिने द जोन म्याडक्स प्राइज २०२४ मा 'जज कमेन्डेसन' प्राप्त गरेका छन्। बुधबार एक समारोहमा उक्त अवार्ड घोषणा तथा प्रदान गरिएको थियो।
भूकम्पविद्का रुपमा नेपालमा काम गरिरहेका उनलाई उनको अनुसन्धान र त्यसका आधारमा देशको नीति बदल्न आवाज उठाएकोमा प्रदान गरिएको हो।
हरेक वर्ष विश्वका विभिन्न वैज्ञानिकलाई प्रदान गरिने यो अवार्ड जोन म्याडक्सका नाममा प्रदान गरिन्छ। विज्ञान र वैज्ञानिक अनुसन्धानबाट प्राप्त प्रमाणमा आधारित नीतिको लागि आवाज उठाउने वैज्ञानिकलाई प्रदान गर्ने गरिएको छ।
भनिएको छ, 'यो पुरस्कार तिनीहरुले पाउँछन्, जसले चुनौती र जोखिमका बाबजुद पनि सार्वजनिक बहश गर्छन्। आफ्नो अनुसन्धान, बहश र विचारका माध्यमबाट नीति परिवर्तन गर्न सफल हुन्छ।'
डा सुवेदीले नेपालको भूकम्पमा अनुसन्धान, सचेतनाका साथै सरकारले त्यसका लागि उपयुक्त नीति लिएर तयारी गर्ने कुरामा निरन्तर आवाज उठाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।