एजेन्सी– गाजा पट्टीको उत्तरी भागमा चलिरहेको तीव्र इजरायली सैन्य कारबाहीमा भएको नरसंहार तथा विनाशले संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेर्रेस ‘स्तब्ध’ भएको उनका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
उत्तरी गाजाका प्यालेस्टिनी नागरिकहरूको अवस्था असहनीय रहेको विज्ञप्तिमा उल्लेख छ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला केही हप्तामा गाजामा सयौँ मानिस मारिएका छन्, भने ६० हजारभन्दा बढी विस्थापित भएका छन्।
गाजामा इजरायलको सैन्य कारबाहीले विनाश र अभावले जबल्या, बेत लाहिया र बेत हानुन वरपरका प्यालेस्टिनीको जीवनको अवस्था अस्थिर बनाइरहेको र द्वन्द्व अन्तर्राष्ट्रिय कानूनको बर्खिलापमा जारी रहेको गुर्टेरेसले बताएका छन्।
उनले द्वन्द्वरत पक्षहरूले मानवीय कार्यकर्ता तथा अग्रपङ्तीमा रहेर मानवीय सहयोगमा खटिएका व्यक्तिको सम्मान र सुरक्षा गर्नुपर्ने बताएका छन्।
गुटेर्रेसले तत्काल युद्धविराम, सबै बन्धकको बिना शर्त रिहाइ र अन्तर्राष्ट्रिय कानुन अन्तर्गतको जवाफदेहिताका लागि समेत आह्वान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।