रौतहट– स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित रौतहटमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
गौर नगरपालिका– २ महादेवपट्टीबाट अस्थायी प्रहरी चौकी महादेवपट्टीको टोलीले भारतको बिहार मोतिहारी जिल्ला ढाका फुलवरीयाका ४८ वर्षका त्रिभुवन चौधरीलाई ५ लाख रुपैयाँसहित पक्राउ गरेको हो।
नेपालबाट भारततर्फ साइकलमा जादै गरेका चौधरीलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायले बताए।
पक्राउ परेका चौधरीले रकमको स्रोत खुलाउन नसकेको र थप अनुसन्धान कार्य जारी रहेको प्रवक्ता रायले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।