• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ९, २०८३ Wed, Apr 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पद्म ज्योति समूहले भन्यो- बिरामीको आडमा ग्रान्डी सिटी अस्पतालले गैरकानुनी रुपमा घर कब्जा गर्न खोज्यो

दाजुभाईको विवाद अदालतसम्म: कहिले पर्‍यो मुद्दा, के भयो फैसला?
64x64
नेपाल लाइभ आइतबार, कात्तिक ११, २०८१  १८:१०
1140x725

काठमाडौं- ज्योति समूहका दाजुभाइ पद्म ज्योति र डा रुप ज्योतिबीच आन्तरिक विवाद छ। उनीहरुको विवाद सार्वजनिक मञ्च हुँदै अदालती लडाईंसम्मै पुगेको छ। दुई दाजुभाईको विवादका कारण कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालमा समेत असर परेको छ। पद्म ज्योतिले आफ्नो भवनमा रहेको अस्पताल हटाउन बारम्बार ताकेता गरिरहेका छन्।

केही दिन अघि डा रुप ज्योतिले अस्पताल सार्न केही समय लाग्ने भन्दै सार्वजनिक रुपमा नै समय माग गरेका छन्। तर पद्म ज्योति समूहले भने सात वर्षदेखि नै अस्पताललाई सार्न भन्दा पनि नसारेको बताएको छ। 

पद्म ज्योति समूहले एक विज्ञप्ति सार्वजनिक गर्दै अस्पताललाई सात दिन भित्र खाली गर्न भनेर नभनी विगत सात वर्षदेखि नै भन्दै आइरहेको प्रष्ट पारेको छ। समूहले सात वर्षअघि नै काठमाडौं महानगरपालिकाबाट न्यायीक निरुपण भइसकेकाले सोही अनुसार घर खाली गर्न पटक पटक भनिएको जानकारी दिएको छ।

'अस्पताल ७ (सात) दिन भित्र खाली गराउन खोजिएको होइन, विगत ७ (वर्ष) देखि खाली गरिदिनुहोस् भनी दशौं पटक पत्राचार गर्दा अटेर गरेर बस्ने र अहिले काठमाडौं महानगरपालिकाले अदालतको फैसला कार्यान्वयन गर्न खोज्दा झुट्ठा गलत तथ्यहरु प्रस्तुत गरी आम सर्वसाधारणलाई भ्रमित पार्न खोजिएको हो,' पद्म ज्योति समूहद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

पद्म ज्योति समूहले सात वर्षदेखि आफूहरुले आफ्नो घर/फ्ल्याट आफैंले प्रयोग गर्न नपाको र करोडौं रुपैयाँ भाडा समेत नपाएको गुनासो गरेको छ। 'विगत ७ (सात) वर्ष देखि आफ्नो घर / फ्ल्याट आफैले प्रयोग गर्न नपाउनु, करोडौं रुपैया भाडा नपाउनुको छुट्टै पिडा रहेको छ,' विज्ञप्तिमा भनिएको छ।
समूले ग्रण्डी सिटी क्लिनिक अस्पतालले अस्पताल खाली गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै धमाधम बिरामीहरु भर्ना लिने र उनै बिरामीहरुको आडमा अरुको घर/फल्याट अनन्त कालसम्म गैरकानूनी ढंगले कब्जा गर्न खोजिएको आरोप पनि लगाएको छ।

'अस्पताल खाली गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै धमाधम बिरामीहरु भर्ना लिने र उनै बिरामीहरुको आडमा अरुको घर/ फल्याट अनन्त काल सम्म गैरकानूनी ढंगले कब्जा गर्न खोजिएको छ। यो तथ्यलाई अनदेखा गरिएको छ। अदालतको फैसलालाई सम्मान गर्नु र पालना गर्नु सबै नागरिकहरुको कर्तव्य हुन आउँछ । ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पीटल प्रालिले अदालतको फैसलालाई सम्मान गर्दै आफै उक्त घर / फल्याट खाली गर्नुपर्नेमा सो नगरी उल्टै तथ्यलाई बंग्याई कुप्रचार गरिरहनु अदालतको फैसलाको अपमान गर्नु हो,' विज्ञप्तिमा भनिएको छ।

दुई दाजुभाइबीच भएको अंश भागबन्डामा ज्योति भवन आधा-आधा हुँदा दुवैतिर फैलिएको अस्पतालमध्ये आइपीडी सेवा, आइसीयु, एचसीयु र एनआइसियु अप्रेसन थिएटर र इएनटीको उपचार सेवा पद्म ज्योतिको भागमा परेको भवनमा रहेका छन्। अस्पताल डा रुप ज्योतिले सञ्चालन गरेको हुँदा ती विभाग त्यहाँबाट हटाउन उनका दाइ पद्म ज्योतिले कानुनी लडाइँ नै लडेका हुन्। 

डा रुप ज्योतिले भने अस्पताल 'ज्योति समूह'कै रहेको बताउँदै पद्म ज्योतिलाई त्यसको भाडा तिर्ने बताउँदै आएका छन्। अत्याधुनिक उपकरणसहित अन्तराष्ट्रिय मापदण्ड अनुसार ती विभागहरु बनाइएकाले सार्न सहज नहुने भन्दै भाडामा दिन आग्रह गरेका हुन्। 

nimb
nimb
Ncell 2
Ncell 2

पद्म ज्योतिले भने भाइ डा रुप ज्योतिको उक्त आग्रह अस्वीकार गर्दै अस्पतालका ती विभाग रहेको घर/फ्ल्याट खाली गरी बहाल रकम दिलाई-भराई पाउँ भन्दै काठमाडौं महानगरपालिका न्यायिक समिति मुद्दा हालेका थिए। जसले उनीहरुबीचको विवाद अझ बल्झिएको थियो। महानगरपालिकाको निर्णयविरुद्ध उच्च हुँदै मुद्दा सर्वोच्च पुगेको थियो। 

अस्पतालले ओगटेको जग्गाको भाडा दिने आफू राजी भएको भन्दै दाइ पद्मसँग पटक-पटक आग्रह गरेको रुप ज्योति बताउँछन्। केही आन्तरिक विवादले कानुनी रुप लिएपनि दाइ पद्मले भाडा लिएर अस्पताललाई दिने विश्वास आजसम्म रहेको रुप ज्योतिको भनाइ छ।

उनले भने,  'अस्पताल ज्योति समूहकै हो। यसबाट फाइदा छैन। सेवाका लागि खोलेको हो। त्यसैले हाम्रो विवादमा अस्पताललाई हानी हुने काम नहोस् भन्ने चाहना हो।'

कानुनअनुसार कात्तिक ७ गते नै अस्पताल खाली नभए महानगरको डोरले खाली गराउने पत्र अस्पतालको गेटमा टाँसिएको थियो। सोही अनुसार महानगरबाट ७ गते टोली पुगेको पनि थियो।

डा ज्योति भने आइसीयु र एनआइसीयु बिरामी रहेकाले अर्को व्यवस्था नगरी सार्न नसकिने बताउँछन्। उनी भन्छन्,  'हामीले त्यसका लागि तालिकासहित समय मागेका छौं। हामीलाई नै भाडामा नदिने भए ती विभाग सार्न लाग्ने समय दिन अनुरोध गरिएको छ।' त्यसका लागि आफूले तालिका समेत पठाएको बताउँछन्।

कहिले पर्‍यो मुद्दा, के भयो फैसला?
दुई दाजु भाईबीच २०३९ सालमै अशंबण्डा भएको थियो। जस अनुसार पद्म ज्योतिको नाममा वडा नम्बर २७ को कित्ता नम्बर २३९० जग्गामा बनेको घर छ। उक्त घरको पहिलो तल्लामा ५२२५.६८ वर्गफुट र दोस्रो तल्लाको ६९३४ वर्गफुट गरी दुई तल्लामा अस्पताल चलेको छ। पद्म ज्योति समूहका अनुसार उक्त दुई फ्ल्याट प्रयोग गरेबापत मासिक एक लाख असी हजार भाडा दिने मौखिक सहमति अनुसार डा रुप ज्योती सञ्चालक रहेको ग्राण्डी सिटी अस्पतालले २०७१ सालदेखि प्रयोग गरेका हुन्।

पद्म ज्योति समूहले २०७६ सालमा उक्त भवन आफूलाई आवश्यक रहेको भन्दै भाई रुप ज्योतिलाई घर खाली गर्न आग्रह गरे। उनीहरुले लिखित र मौखिक रुपमा नै खाली गर्न आग्रह गरेको बताएका छन्। दुई वटा फ्ल्याट खाली गराउन भन्दै निवेदन दर्ता गथर्दा सम्म १ करोड ५४ लाख ३२ हजार रुपैयाँ भाड लिन बाँकी रहेको दाबी पद्म ज्योति समूहले गरेको छ। 

पद्म ज्योति समूहले काठमाडौं महानगरपालिकको न्यायिक समितिमा निवेदन दिएपछि न्यायिक समितिले २०७८ असोज २४ गते फैसाल गरेको थियो। 'रुप ज्योति समूहको घरजग्गा सम्पतिमा हक नै नभएको र उनीहरु भाडा नतिरी बसीरहन मिलेन। यसर्थ बाहाल रकम वार्षिक २५ लाख भित्रकै भएको देखिँदा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४७ उपदफा (१) को देहाय (ज) बमोजिम प्रतिवादीले वादीलाई तिर्न बुझाउन पर्ने देखिएको बाल रु १,५४,३२,०००/- (अक्षरेपी एक करोड चौवन्न लाख बत्तिस हजार रुपैया) प्रतिवादीबाट भराई उल्लेखित घर फ्ल्याट खाली गरिदिने ठहर्छ' भनी फैसला भएको थियो।

यसका साथै उक्त फैसलाको पुनरावेदन नपरेमा वादीलाई बुझाउनु पर्ने बाहाल रकम एक करोड चौवन्न लाख बत्तिस हजार रुपैयाँ बुझाई प्रतिवादीलाई घर फ्ल्याट खाली गर्नु भनी जनाउ दिनु पनि भनिएको थियो। म्याद भित्र खाली नगरे यसै कार्यालयबाट डोर खटी आवश्यक परे नेपाल प्रहरीको समेत सहयोग लिई खाली गर्नु भनी फैसलामा उल्लेख गरिएको छ। 

उक्त फैसला बिरुद्ध ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पीटल प्रालिले काठमाडौं जिल्ला अदालतमा पुनरावेदन गरेको थियो। काठमाडौं जिल्ला अदालतबाट २०७९ फागुन २९ गते काठमाडौं महानगरपालिका न्यायिक समितिले गरेको फैसला सदर गर्योे। त्यसपछि पद्म ज्योति समूहले फैसला अनुसार घर फ्ल्याट खाली गराई निवेदन दर्ता गर्दाको मितिसम्म विपक्षीबाट पाउनु पर्ने बहाल रकम एक करोड सन्तानब्बे लाख बाउन्न हजार रुपैयाँ र घर खाली गर्दासम्म हुन आउने थप बहाल रकम समेत दिलाई उक्त फैसला कार्यान्वयन गरी पाउँ भनी काठमाडौं महानगरपालिकामा पुन: निवेदन दिएको थियो।

महानगरपालिकाले २०८० फागुन २४ गते पत्राचार गर्दै दश दिनको म्याद दिएको विषय पद्म ज्योति समूहले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। विवरण अनुसार उक्त दश दिनको म्यादको पत्र रुप ज्यति आफैंले बुझेका थिए। त्यसपछि उक्त पत्रको विरुद्धमा ग्राण्डी सिटी अस्पतालले पुनः अन्तरिम आदेश सहित निषेधाज्ञाको आदेश जारी गरी पाउँ भनी उच्च अदालत पाटनमा निवेदन दिएको थियो। उच्च अदालतको एकल इजलासबाट २०८० चैत ६ गते अस्पतालको पक्षमा अन्तरिम आदेश जारी भयो। त्यसपछि पद्म ज्योति समूह सर्वोच्च पुगे। सर्वोच्चले चैत २४ गते उच्च अदालतको आदेश बदर गर्दै पद्म ज्योति समूहकै पक्षमा आदेश दियो। त्यसपछि २०८१  असार १९ गते उच्च अदालत पाटनबाट निषेधाज्ञाको मुद्दा खारेज गर्ने गरी फैसला भएको पद्म ज्योति समूहको विवरणमा लेखिएको छ।

उक्त फैसलापछि पद्म ज्योति समूहले घर खाली गर्न महानगरसँग अनुरोध गर्योप। महानगरले दुई महिना अगाडि उक्त घर/फ्ल्याट खाली गराउने क्रममा स्थलगत निरीक्षण गरी दुबै पक्षलाई राखी छलफल गराएको थियो। खाली गराउने सम्बन्धमा ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पीटल प्रालि सँग दुबै पक्षलाई मन्जुर हुने गरी घर/फ्ल्याट खाली गराउन उचित समयसिमा सहितको कार्ययोजना माग गरिएको थियो। सो क्रममा अस्पतालले दुई वर्षको समय माग गरेको छ। 

अस्पतालले दुई वर्षको समय मागेपछि पद्म ज्योति समूहले त्यषसलाई नमान्दै अदालतको फैसला अनुसार घर खाली गराउने प्रक्रिया अगाडि बढायो। माहानगरपालिकाले असोज १३ गते कार्तिक ६ सम्म खाली गर्न र नगरेमा ७ गते डोर पठाउने पत्राचार गर्योर। सोही बमोजिम कार्तिक ७ गते काठमाडौं महानगरपालिकाको तर्फबाट सबन्धित नगरप्रहरीहरु गई सो घर/फ्ल्याट खाली गराउन भनेको छ। 

रुप ज्योति समूहले भने अस्पताल सार्ने विषय अन्य पसल सारे जस्तो नहुने भन्दै थप समय माग गरिरहेका छन्।

padhma-jyoti-1730030260.jpg
 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पोल्यान्ड र जर्मनी पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
सुदन किराँतीले छोडे प्रलोपा
सुनचाँदीको मूल्यमा सामान्य गिरावटसुनचाँदीको मूल्यमा सामान्य गिरावट
सम्बन्धित सामग्री
पोल्यान्ड र जर्मनी पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-२ बस्ने काठमाडौं महानगरपालिका-१४ घर भएकी ३३ वर्षीया विनीता नगरकोटी र भक्तपुर मध्यपुर थिमी नगरप... बुधबार, वैशाख ९, २०८३
यस्तो रहनेछ देशभरको मौसम जसको प्रभावले देशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ । कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम म... बुधबार, वैशाख ९, २०८३
धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति बन... मंगलबार, वैशाख ८, २०८३
ताजा समाचारसबै
पोल्यान्ड र जर्मनी पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ बुधबार, वैशाख ९, २०८३
सुदन किराँतीले छोडे प्रलोपा बुधबार, वैशाख ९, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावटसुनचाँदीको मूल्यमा सामान्य गिरावट बुधबार, वैशाख ९, २०८३
जस लिएजस्तै क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल बुधबार, वैशाख ९, २०८३
वार्ताका लागि युद्धविरामको अवधि थप गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा बुधबार, वैशाख ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी मंगलबार, वैशाख ८, २०८३
रास्वपाले तोक्यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी, कसलाई कुन क्षेत्र ? मंगलबार, वैशाख ८, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक मंगलबार, वैशाख ८, २०८३
यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णय (सूचीसहित) मंगलबार, वैशाख ८, २०८३
रास्वपा सभापति लामिछानेकाे सांसद पद निलम्बनको माग राखेर सर्वोच्चमा रिट मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्