काठमाडौं– मोरङमा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख दिपक थापाको फोटो र नाम अनाधिकृत रुपमा प्रयोग गरि धम्की दिएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगरका हेमबहादुर खड्का रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार मोबाइलको ट्रयु कलरमा ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको नाम र फोटो प्रयोग गरि विभिन्न वित्तीय क्षेत्रका ब्यक्तिलाई धम्की दिदैं आएको गुनासोसंगै मंगलबार खड्कालाई पक्राउ गरेको हो।
पक्राउ परेका ३० वर्षका खड्कालाई हाल थप अनुसन्धान र कानूनी कारबाहीको लागि प्रहरीले प्रक्रिया अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।