काठमाडौं– रेखा पौडेलको पाँच गोलसँगै नेपालले साफ महिला च्याम्पियन २०२४ को समूह चरणको दोस्रो खेलमा माल्दिभ्सविरुद्ध सानदार जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंशालामा सोमबार भएको खेलमा नेपालले ११–० को जित हासिल गरेको हो। नेपालले साफमा माल्दिभ्सविरूद्व हात पारेको यो अहिलेसम्मकै फराकिलो जित हो।
यसअघि सन् २०१६ मा पनि ९–० माल्दिभ्सलाई पराजित गरेको थियो। जितसँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो।
नेपालको चार अंक छ। भुटानको पनि समान चार अंक छ। भुटानले माल्दिभ्स र नेपालले श्रीलंकासँग समूहचरणको अन्तिक खेल खेल्ने छ। यही खेलबाट समूहविजेताको टुंगो लाग्ने छ।
नेपाललाई पहिलो जित दिलाउन रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन्। यस्तै, प्रीति राईले ह्याट्रिक गोल गर्दा र सविता रानामगर, अमिसा कार्की र अनितता केसीले समान एक गोल गरिन्। पहिलो हाफमा नेपालले चार गोल गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।