एजेन्सी– इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले गाजामा भएको इजरायली सैन्य कारबाहीमा हमासका नेता याह्या सिनवारको मृत्यु भए पनि हमास जीवित रहेको शनिबार घोषण गरेका छन्।
सिनवारको मृत्यु पीडादायी भए तापनि सिनवारको शहादतसँगै हमासको अन्त्य नहुने खामेनीले बताएका छन्। उनले विज्ञप्ति जारी गर्दै प्यालेस्टिनी इस्लामवादी आन्दोलन र हमास अझै जीवित रहने जनाएका हुन्।
खमेनीले सिनवारको बारेमा उल्लेख गर्दै भने “सिनवार “प्रतिरोध र सङ्घर्षको चम्किलो व्यक्तित्व हुन्, जो क्रूर र आक्रामक शत्रुविरुद्ध अटुट दृढ संकल्पका साथ उभिन्थे।”
सन् २०२३ अक्टोबर–७ को आक्रमणको मुख्य नाइकेको रुपमा सिनवारलाइ चित्रित गर्दै सिनवारको मृत्युले युद्ध भड्कीएको भए नि निरन्तर अघि बढ्ने बताएका छन्।
उनले सन् २०२३ अक्टोबर–७ बाट सुरु भएको युद्धमा सिनवार यस क्षेत्रको इतिहासमा उच्च विरासतको साथ उल्लेख्य योगदान गरी सम्मान र गर्वका साथ शहीद भएको बताएका छन्।
इरानले आफ्नो कट्टर शत्रु इजरायललाई मान्यता नदिने बताउँदै सन् १९७९ को इस्लामिक क्रान्तिपछि प्यालेस्टिनी उद्देश्यका लागि आफ्नो समर्थनलाई आफ्नो विदेश नीतिको आधार बनाएको समेत उनले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।