सुर्खेत – श्रीमतीलाई १५ हजार भारुमा बेचेको आरोपमा सुर्खेत प्रहरीले एक जनालाई २४ वर्ष पछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, का ६१ वर्षीय भक्तबहादुर विष्ट छन्।
मानव बेचबिखन मुद्दाका फरार अभियुक्तको सूचीमा रहेका भक्तबहादुरलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय गुटुको टोलीले बुधवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
भक्तबहादुरविरूद्ध जाहेरी आएको घटना भने २४ वर्षअघिको हो। २०५७ साल मंसिर १३ गते उनले श्रीमती नामसरादेवी कँडेललाई भारतमा बेचेको जाहेरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।