काठमाडौं– नयाँ ट्रयाक खोलेर सुचारु गरिएको बीपी राजमार्गको धुलिखेल-भकुण्डेबेँसी खण्डमा रातभर सवारी आवागमन बन्द गरिएको छ।
असोज दोस्रो साताको बाढीपहिरो र डुबानले क्षति पुर्याएको भकुण्डेबेँसी वर्षेखोला खण्ड (काभ्रे) को करिब ८ किलोमिटर सडक नयाँ ट्रयाक खोली यात्रुवाहक सवारी साधन सुचारु गरिएको थियो।
तर, नयाँ ट्र्याकको मर्मत तथा सुधार कार्य भइरहेको साथै जुनसुकै समयमा पनि सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले बेलुका ६ बजेदेखि बिहानको ४ बजेसम्म उक्त खण्ड बन्द गरिएको सडक डिभिजन भक्तपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।