काठमाडौँ- कप्तान लियोनेल मेसीको ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले बोलिभियामाथि सहज जित हासिल गरेको छ। मंगलबार राति भएको दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिनाले बोलिभियालाई ६-० ले पराजित गरेको हो।
खेलको १९औं मिनेटमा कप्तान मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसका साथै मेसीले लाउटारो मार्टिनेज र जुलियन अल्भारेजलाई गोलका लागि अवसर जुटाइदिए।
खेलको ६९ मिनेटमा थियागो अल्माडाले अर्जेन्टिनाका लागि चौथो गोल गरे। खेलको उत्तरार्द्धमा २ गोल गर्दै मेसीले ह्याट्रिक पूरा गर्दै टोलीलाई ६-० गोलले जिताए।
यो जितसँगै अर्जेन्टिना १० खेलबाट २२ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।