काठमाडौं – सोमबार नेपाल आइपुगे सगैं साफमा भाग लिन आइपुग्ने माल्दिभ्स दोस्रो टोली बनेको छ।
पहिलो पाकिस्तानी टोली भने आइतवार बिहान काठमाडौं आइपुगेको थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। भारत, बंगालादेश र श्रीलंकाको टोली मंगलवार तथा भुटानी टोली बुधवार आइपुग्ने एन्फाले जनाएको छ।
दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ। पाकिस्तान र भारतबीच उद्घाटन खेल हुनेछ । त्यो समूहमा अर्को टोली बंगालादेश रहेको छ।
साफको समूह बीमा आयोजक नेपाल सहित माल्दिभ्स, भुटान र श्रीलंका छन् । नेपालले कात्तिक २ गते भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ।
नेपालले लगातार तेस्रो पटक साफ च्याम्पियनसिप आयोजना गर्दैछ।
सन् २०१९ मा विराटनगर र गतवर्ष काठमाडौंमा आयोजना भएको थियो। त्यसमा नेपाललाई हराउँदै बंगालादेश पहिलो पटक च्याम्पियन बनेको थियो।
एउटा बाहेक सबै संस्करण फाइनल खेलेको नेपाली टोली अहिलेसम्म च्याम्पियन बनेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।