काठमाडौं– आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोटका लागि तेस्रो चरणको बन्द प्रशिक्षण शिविरमा १८ खेलाडी छनोट गरिएको छ।
२०२४ नोभेम्बरमा हुने प्रतियोगिताका लागि असोज ३० गतेबाट भैरहवामा तेस्रो चरणको बन्द प्रशिक्षण सुरु हुँदैछ।
नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार बन्द प्रशिक्षणमा मनिषा कुमारी उपाध्याय, एलिसा कुमारी यादव, आश्मा पुलामी मगर, कुसुम गोदार, सना प्रविन र पूजा महतो छानिएका छन्।
यस्तै, सावित्री धामी, कुश्मा गुरुङ, ज्योत्स्निा मरासिनी, स्नेहा महरा, सोनि पाख्रिन र भवानी कामत रहेका छन्।
क्यानका अनुसार सिमाना केसी, रिया शर्मा, रचना चौधरी, तृष्णा विक, किरनकुमारी कुँवर र रञ्जु श्रेष्ठलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।