काठमाडौं- दशैंको टिकाको दिन धुलिखेल अस्पतालका चिकित्सक डा राजेन्द्र कोजुले मुटुको अप्रेसन गरेका छन्।
उनका अनुसार छातीको पीडाले छट्पटाएर अस्पतालमा पुर्याइएका उनको मुटुमा समस्या देखिएको थियो।
उपचारपछि डा कोजुले भनेका छन्, 'छातीको पीडाले छट्पटाएका दाइको एन्जियोप्लास्टी गरेर पीडा हटाई दिन पाउनु जत्तिको खुसी के होला ?' शनिबार बिहान ती बिरामीलाई आफन्तदे धुलिखेल अस्पतालमा पुर्याएका थिए। उनको हृदयाघात भएको थियो।
डा कोजुको नेतृत्वमा अस्पताल टिमले तुरुन्तै बन्द रक्तनली बेलुन र जाली (स्टेन्ट) को माध्यमबाट फुलाई उपचार गरेको थियो। दशैंमा समेत हृदयाघातका बिरामी आइरहेको बताउँदै उनी सुझाउँछन्, 'दशैंमा मीठो भयो भन्दैमा धेरै पनि नखानुस् है । हिँडेर पनि रमाइलो गर्न सकिन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।