काठमाडौं– कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आराेहण गर्ने पहिलो नेपाली महिला बनेकी छिन् ।
दोलखाकी ३३ वर्षीया दावाले बुधबार बिहान ५ बजे तिब्बतस्थित ८ हजार २७ मिटर अग्लो शिशपाङ्मा हिमालको सफल आरोहण गरेर यो कीर्तिमान आफ्नो यात्राको ढुकुटीमा पारेकी हुन् ।
दावाले २२ वर्षको उमेरमा पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् । त्यसयता उनी चार पटक सगरमाथा शिखर पुगिसकिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।