एजेन्सी – उत्तरी गाजा पट्टीमा कम्तिमा चार लाख मानिस फसेको निकट पूर्वमा प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का आयुक्त–जनरल फिलिप लाजारिनीले बुधबार बताएका छन् ।
पछिल्लो समय इजरायली अधिकारीहरूले जारी गरेको निकासी आदेशले मानिसहरूलाई विशेष गरी जबलिया क्याम्पबाट बारम्बार भाग्न बाध्य पारेको उनले उल्लेख गरेका हुन् ।
गाजाको कुनै पनि ठाउँ आफूहरुका लागि सुरक्षित छैन भन्ने थाहा पाएका प्रभावितहरूले आदेशको अस्वीकार गरिरहेको लाजारिनीले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
उनकाअनुसार कुनै आधारभूत आपूर्ति उपलब्ध नभएको कारण भोकमरी तथा रोगको सङ्क्रमण फैलिरहेको छ ।
युएनआरडब्लुए आयुक्तले युएनआरडब्लुए आश्रय र सेवाहरू बन्द गर्न बाध्य भइरहेको खुलासा गर्दै युद्ध सुरु भएपछि पहिलो पटक यस्तो अवस्था आएको उल्लेख गरेका हुन् ।
निरन्तरको इजरायली हमलाले गाजामा पोलियो खोप अभियानको दोस्रो चरणको कार्यान्वयनलाई समेत खतरामा पारेको लाजारिनीले जनाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।