काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले रु ५० लाख हस्तान्तरण गरेको गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पाेरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन्। सोही अवसरमा प्रधानमन्त्री ओलीलाई कर्पाेरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले पनि रु १० लाख हस्तान्तरण गरिन् ।
कर्पाेरेसनमा कार्यरत कर्मचारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सो रकम हस्तान्तरण गरेको कर्पाेरेसनले जनाएको छ । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हालैको बाढीपहिरो र डुबान पीडितलाई अन्य सहयोग जारी रहने जानकारी दिएको पनि कर्पारेसनले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।