काठमाडौं– काठमाडौं महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरकाे बोर्ड राखेको छ।
माडवाडीको प्रतिकारबीच महानगरप्रहरीले माडवाडी सेवा समितिले राखेको बोर्ड हटाएर आफनो बोर्ड राखेको छ।
सोही क्रममा माडवाडी सेवा समिति र काठमाडौं महानगरप्रहरीहरुबीच धकेलाधकेल भएको थियो। पशुपतिनाथको स्वामित्वमा रहेको गौशाला धर्मशाला खाली गराउन पुगेको महानगरको नगर प्रहरी र माडवाडी सेवा समितिबीच धकेलाधकेल हुदा प्रहरीको टोली पनि पुगेको थियो।
२० असोजमा पशुपति क्षेत्र विकास कोष सञ्चालन परिषद्को वैठकले गौशाला व्यवस्थापन गर्न महानगरलाई प्रस्ताव गरेको थियो।
मंगलबार बिहान नगर कार्यपालिकाले कोषको प्रस्ताव स्वीकार गर्दै सम्झौता गर्न अनुमति दियो।
सम्झौता अनुसार कोषको स्वामित्वमा रहेको धर्मशालाको घरजग्गामा महानगरले गौशाला, धर्मशाला तथा सामाजिक धार्मिक कार्य तथा सेवाका लागि आवश्यक पूर्वाधारको विकास गरी सञ्चालन तथा व्यवस्थापन गर्ने थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।