काठमाडौं– चर्चित गीतकार विश्व वल्लभको मृत्यु भएको छ।
अन्नपूर्ण न्युरो अस्पतालमा आज उनको मृत्यु भएको हो।
मस्तिष्कघात भएपछि उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत थिए। मस्तिष्कघातका कारण उनको शरीरको देब्रे पाटो चल्दैन थियो। थापाथलीस्थित घरमै अचानक उनलाई मस्तिष्कघात भएको थियो।
केही दिन पहिला अस्पतालबाट घर लगिए पनि निमोनिया भएपछि पुनः अस्पताल भर्ना गरिएको थियो।
उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर वल्लभका सहोदर भाइ हुन्। तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीतहरू वल्लभले नै लेखेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।