काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएका छन् ।
निर्वाचन आयोगले आर्थिक वर्ष २०८०÷८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको हो ।
राष्ट्रपति पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगकव प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवं स्थायित्वको एउटा आधार हो भन्दै, निर्वाचनका माध्यमबाट जनताले लोकतान्त्रिक हकअधिकार प्राप्त गर्नसक्ने हुँदा यो लोकतन्त्रको सुन्दर र अपरिहार्य पक्ष भएको धारणा व्यक्त गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।