एजेन्सी– संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले लेबनानमा द्वन्द्व बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै तत्काल युद्धविरामको लागि आह्वान गरेका छन्। लेबनानमा कुनैपनि हालतमा युद्ध हुन नहुने बताए।
लेबनानको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्नेमा जोड दिए। संयुक्त राष्ट्र प्रमुखका प्रवक्ता स्टेफेन डुजारिकले दैनिक प्रेस ब्रीफिङका क्रममा लेबनानका प्रधानमन्त्री नजिब मिकातीलाई सहयोगका लागि आह्वान गर्न जोड दिएको पनि बताए।
युद्ध रोक्ने प्रयासका लागि महासंघ पनि लागिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।