पाँचथर -पाँचथरमा भारी वर्षासँगै बाढी आँउदा ठाउँ-ठाँउमा पहिरो गएको छ । पाँचथरको फिदिम, फालेलुङ, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकाका ठाँउ-ठाँउमा पहिरो गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फिदिम-२ को रमिते भ्यू टावर नजिकै गएको लेदो सहितको पहिरो झर्दा मेची राजमार्ग खुलाउन गरिएको प्रयास विफल भएको छ ।
यस्तै असोज १२ गतेको बाढीले मोटेरेबल पुल बगाएको फिदिम-११ र १ जोड्ने फेमे खोलामा आएको बाढीले हिजो मात्रै निर्माण गरिएको बाँसको फड्के समेत बगाएको छ ।
असोज १२ गते गएको बाढी र पहिरोमा परी पाँचथरका ८ जनाले ज्यान गुमाएका छन् भने ३ जना बेपत्ता छन् । पहिरोले सयौं घर परिवार विस्थापित भए पनि स्थानीय प्रशासनले यसको विवरणसम्म संकलन गर्न सकेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।