हेटौंडा– मकवानपुरको सिस्नेरीमा पहिरोमा परि एन्फा एकेडेमीका ६ जना विद्यार्थी पहिरोमा पुरिएका छ्न्।
मकवानपुर सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका ६ विद्यार्थी विद्यार्थी पहिरोमा पुरिएका हुन्।
बिहीबार देखि अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेका हुन्। अहिले पुरिएकाहरुको खोजोकार्य भैरहेको छ।
कुलेखानी ड्यामको ढोका खुलेपछि ती विद्यार्थीले छोटो बाटो प्रयोग गरि हिडेपछि पहिरोमा परेका हुन्।
हराएकाहरुमा अनुप घलान मकवानपुर, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, बारा र दिवस बानियाँ मकवानपुर रहेका छन्।
एन्फाले गतवर्ष श्री बत्सलादेवी हाई सेकेन्डरी इन्जिनियरिङ स्कुलसँग सहकार्य गर्दै सिस्नेरीमा ३७ विद्यार्थीलाई एकेडेमीमा राखेको थियो। थप विद्यार्थी भने सकुशल रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।