राजविराज— निरन्तरको वर्षाका कारण सप्तकोशी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको छ। शनिबारको बिहानको मापनअनुसार कोसी ब्यारेजमा भएर ४ लाख १९ हजार क्युसेक पानी छ।
निरन्तरको वर्षाका कारण सप्तकोशी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको छ। शनिबारको बिहानको मापन अनुसार कोशी ब्यारेजमा भएर ४ लाख १९ हजार क्युसेक पानी छ।
पानीको बहाव बढेपछि व्यारेजका ५६ मध्ये ५० वटा ढोका खोलिएको छ। यसअघि गत असार २३ गते ३ लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा ब्यारेजका सबै ५६ ढोका खोलिएको थियो।
यसैबीच बिहार सरकारको जलसंसाधन विभागले कोशीमा अप्रत्यासित रूपमा पानीको बहाव बढ्ने भन्दै विहारका ८ जिल्लामा उच्च सर्तकता अपनाउन पत्राचार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।