एजेन्सी – पाकिस्तानमा सुन्नी र सिटी सम्प्रदायको बिचमा भएको भिडन्तमा २० जना भन्दा धेरैको मृत्यु भएको छ।
पाकिस्तानी अधिकारीहरूले सार्वजनिक गरेको सूचना अनुसार अफगानिस्तानको सीमा जोडिएको पाकिस्तानको कुराम जिल्लामा भएको एक जमिनको विवादमा जोडिएको सवालमा दुई समुदायको भिडन्त हो।
पाकिस्तानी अधिकारीहरूले कम्तीमा ७५ जना घाइते भएको जानकारी सार्वजनिक गरेको छ।
भिडन्तमा परेर कयौँ घरहरू भत्किएका छन् भने हिंसा रोक्न सरकारले गरेको प्रयत्न असफल भएको थियो। पाकिस्तान सरकारले धार्मिक समूहका नेताहरूलाई आग्रह गरेर हिंसा अन्त्य गर्न आग्रह गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।