काठमाडौं–नेपालमा वैदेशिक लगानीमा देखिएका समस्या समाधानका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले जानकारहरुसँग छलफल गर्ने भएको छ । संघले भोलि शुक्रबार एक दिन छलफल गर्न लागेको हो ।
छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, अन्तर्राष्ट्रिय वित्तिय निगमका नेपाल प्रमु्ख, राष्ट्रिय योजना आयोगका सदस्य, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्षलगायत उपस्थित हुने संघले जनाएको छ ।
वैदेशिक लगानीमा संलग्न लेखा तथा कानुनी परामर्शदाताले नेपालमा लगानीको तयारीको अवस्था, वैदेशिक लगानीकर्ताको अपेक्षा, पूर्वाधार विकासका लागि उपलब्ध वित्तिय उपकरण र दीर्घकालीन पुँजी परिचालनका लागि आवश्यक विशेष सार्वजनिक निकायहरुको महत्वका बारेमा छलफल हुने जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।