काठमाडौं– भर्खरै चुनाव जितेर आएका श्रीलङ्काली राष्ट्रपति अनुरा कुमारा दिसानायकेले सदन विघटन गरेका छन्।
आइतबार मात्र राष्ट्रपति चयन भएर सोमबार शपथ लिएका अनुराले मङ्गलबार राति सदन विघटन गरेको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ।
चुनाव ताकै अनुराले आफूले सदन विघटन गर्ने बताएका थिए। नयाँ जनादेश नबोक्ने भन्दै उनले यस्तो तर्क गरेका थिए। अनुराले नोभेम्बर १४ अर्थात् कार्तिक २९ मा सदनको चुनाव गर्ने घोषणा गरेका छन्।
२२५ सदस्य श्रीलङ्काली सदनमा विघटन अगाडि अनुराको गठबन्धन सिट तीन थियो।
मङ्गलबार अनुराले प्रधानमन्त्री तोकेका छन्। प्रधानमन्त्रीमा हरिनी अमरासुरियालाई चयन गरेका छन्। हरिनी २०२० मा सांसद भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।