काठमाडौँ- लुम्बिनी विकास कोषअन्तर्गतका परियोजनामा काम गरिरहेका निर्माण व्यवसायीहरुले समयमै भुक्तानीको माग गरेका छन्। लुम्बिनी–एएनके–खड्का कृष्ण जेभी, लामा–एपेक्स–कमलजीत जेभी, रमण–गजुरमुखी जेभी र खानी–अर्घाखाँची–बाबुल जेभीले संयुक्त विज्ञप्ति जारी गरी निर्माणको भुक्तानी समयमै गर्नका लागि माग गरेका हुन्।
निर्माण व्यवसायीहरुले कोषसमक्ष भुक्तानी प्रक्रिया तुरुन्तै सरलीकरण गर्न र यसमा भएका ढिलासुस्तीहरु समाधान गर्न आग्रह गरेका छन्। उनीहरुले समयमै भुक्तानी नभए सम्पूर्ण निर्माण कार्य रोक्ने समेत स्पष्ट पारेका छन्।
‘निर्माण व्यवसायीले समयमा प्रस्तुत गरेका बिलहरु भुक्तानी प्रक्रियालाई तुरुन्तै अघि बढाउन आग्रह गर्दछौँ। भुक्तानी प्रक्रियामा भएको विलम्बले व्यवसायीलाई वित्तीय व्यवस्थापनमा असर पारेको छ,’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।