काठमाडौं– ललितपुरको सानेपामा चिनियाँ र फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कलसेन्टरमा प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरोले छापा मारेको छ।
कल सेन्टर सञ्चालक र त्यहाँ कार्यरत ५० जनालाई नियन्त्रणमा लिइएको ब्यूरोका एसपी होबिन्द्र बोगटीलो जानकारी दिए।
दुई जना चिनियाँ र एक जना फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कल सेन्टरमा क्रिप्टो कारोबार र ठगीधन्दा हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। सञ्चालक तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ।
नियन्त्रणमा लिएकाहरुमध्येबाट ठगी र क्रिप्टो कारोबार गर्नेहरूलाई मात्र मुद्दा चलाइने एसपी बोगटीले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।