• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

ह्यारिस र ट्रम्पबीच पहिलो प्रत्यक्ष बहस : आरोप प्रत्यारोपमा नै सीमित

64x64
नेपाल लाइभ बुधबार, भदौ २६, २०८१  १६:३१
1140x725

न्यूयोर्क– अमेरिकाको राष्ट्रपतीय बहसमा उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलवार राति पहिलो पटक  आमने सामने भएका छन्। बहसमा ह्यारिस र ट्रम्पबीच अर्थव्यवस्था, गर्भपतन, आप्रवासन, प्यालेस्टिनी–इजरायली द्वन्द्व, युक्रेन सङ्कट, अफगानिस्तानबाट अमेरिकाको बहिर्गमनलगायत प्रमुख अमेरिकी विषयमा केन्द्रित भएको छ। 

बहसमा दुवै नेताले देशभरिका मतदातालाई आफ्नो दललाई मतदान गर्न आग्रह गरेका थिए भने करिव ९० मिनेटसम्म चलेको बहसपछि उनीहरूले हात मिलाएर आपसमा विदा भएका थिए। 

एबीसी न्यूजले आयोजना गरेको यो बहस जुनमा राष्ट्रपति जो बाइडेन र ट्रम्पबीचको पहिलो बहसपछि सन् २०२४ को निर्वाचनसम्बन्धी दोस्रो बहस हो भने ह्यारिससँगको पहिलो हो।  बहसमा ट्रम्पको कठोर आरोपमा राष्ट्रपति बाइडेनको फितलो प्रस्तुति भएको भन्दै डेमोक्र्याटिक दलका नेता, कार्यकर्ता, शुभेच्छुकबाट नै उम्मेदवारी त्याग्नका लागि आएको बढ्दो दबाबपछि बाइडेन आसन्न राष्ट्रपतीय चुनावको दौडबाट बाहिरिएको घोषणा गरेका थिए। 

राष्ट्रपतीय निर्वाचनको करिव दुई महिना मात्र बाँकी रहेको अवस्थामा भएको यो बहसले कडा प्रतिस्पर्धाको अवस्था देखाएको छ। ह्यारिस र ट्रम्पले नोभेम्बर ५ मा हुने चुनावपछि एकअर्काको जितपछिका योजना र कार्यक्रमबारे बहसमा चर्चा गरेका थिए।

चार वर्षअघिको तुलनामा अमेरिकीहरूको अवस्था राम्रो छ कि छैन भनेर सोधिएको प्रश्नमा ह्यारिसले प्रत्यक्ष जवाफ दिइनन्। उनले ट्रम्पले डेमोक्र्याटहरूलाई ‘‘महामन्दी’पछिको सबैभन्दा खराब बेरोजगारी’ छोडेको आरोप लगाएकी थिइन्। 

रिपब्लिकन नेता ट्रम्पले भने, “यो दाबी भ्रामक छ। सन् २०२० को अप्रिलमा कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दीका कारण बेरोजगारी १४.८ प्रतिशत पुगेको थियो। मैले कार्यालय छोड्दासम्म बेरोजगारी दर ६.४ प्रतिशत कायम भइसकेको थियो।” 

ह्यारिसले राष्ट्रपतिमा निर्वाचित भएमा प्रत्येक कर तिर्ने उमेरका बच्चाका लागि छ हजार डलरसम्म कर छुट र साना व्यवसायका लागि ५० हजार अमेरिकी डलर कर छुट दिने बताएकी छन्। उनले ट्रम्पले अर्बपति र कर्पोरेसनलाई अरु कोहीभन्दा बढी प्राथमिकता दिने दाबी गर्दै पूर्व राष्ट्रपति ट्रम्पले बिक्री करको योजना बनाएको र यसले आम अमेरिकीलाई नोक्सान पुर्‍याउने दाबी गरिन्।

ह्यारिसको कुरा काट्दै ट्रम्पले राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिकी इतिहासकै सबैभन्दा उच्च मुद्रास्फीतिको सुरुवात गरेको, अहिले २१ प्रतिशत र केही वस्तुमा ६० प्रतिशतसम्म मुद्रास्फीति भएको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिवादमा ह्यारिसले भनिन् , “यो गलत हो। हाल मुद्रास्फीति २.९ प्रतिशत रहेको छ। बाइडेनको कार्यकालमा सन् २०२२ मा मुद्रास्फीति ९.१ प्रतिशत पुगेको तर यो सन् १९२० को ऐतिहासिक उच्च २३.७ प्रतिशतभन्दा निकै कम रहेको थियो।”

बहसका क्रममा ट्रम्पले आफूले बिक्री कर लगाउने कुरा अस्वीकार गरे पनि अन्य देशले न्यूनतम १० प्रतिशतका दरले व्यापार शुल्क तिर्नुपर्ने बताए। विज्ञहरूका अनुसार अतिरिक्त महशुल उपभोक्तामाथि लगाइने करको मात्रा हो जसले उनीहरूलाई लागत हस्तान्तरण हुनेहुँदा अतिरिक्त भुक्तानी गर्न मान्दैनन्।

ह्यारिसले टेलिभिजन हेरिरहेका करोडौँ मानिसहरूलाई प्रत्यक्ष सम्बोधन गर्दै अमेरिकीहरूबारे आफूले विशेष ध्यान दिने तर्क बारम्बार प्रस्तुत गरिन्। त्यसक्रममा उनले ट्रम्पले धनीहरूलाई मात्र हेरिरहेको आरोप लगाइन्। 

ट्रम्पले बारम्बार नीतिगत प्रश्नलाई आप्रवासनसँग जोड्दै अमेरिका ‘ओइरिने आप्रवासीहरूले अमेरिकाका कुकुरको मासु खाने गरेका’ दाबी गरेका थिए। विदेश नीतिका विषयमा ह्यारिसले विश्व नेताहरूले ट्रम्पलाई हास्य पात्र बनाएको र ट्रम्पले तानाशाहीहरूलाई मात्र प्रभावित पार्न खोजेको आरोप लगाएकी थिइन्।

Xtrem

Xtrem

तर ट्रम्पले पछिल्ला केही वर्षका देखिएका भूराजनीतिक सङ्कट आफू नेतृत्वमा भएको भए नहुने दाबी गरेका थिए। बहसमा ह्यारिसले इजरायलको प्रतिरक्षाको अधिकारलाई आफूले सधैँ समर्थन गर्ने तर प्यालेस्टिनीहरूको पनि सुरक्षित भएर आत्मसम्मानका साथ बाँच्ने हक रहेको बताएकी थिइन् भने ट्रम्पले ह्यारिसलाई इजरायलले घृणा गर्ने गरेको आरोप लगाएका छन्। 

बहस अन्त्यतिर ह्यारिसले आफू भविष्यप्रति सचेत हुँदै केन्द्रित रहेको बताएकी छन्। त्यसको प्रतिकार गर्दै ट्रम्पले यदि ह्यारिससँग यो योजना भएको भए उनले अहिले उपराष्ट्रपतिकै रूपमा त्यसलाई कार्यान्वयन गरेको हुनुपर्ने बताए। 

गर्भपतन को पहुँच को ग्यारेन्टी गर्ने नजीर ‘रो भर्सेस वेड’लाई उल्टाउने तीन परम्परावादी न्यायाधीशहरूलाई सर्वोच्च अदालतमा नियुक्त गर्ने ट्रम्पले डेमोक्र्याट्सलाई यस मुद्दामा ‘कट्टरपन्थी’ भन्दै उपराष्ट्रपति पदका उम्मेदवार टिम वाल्जले ‘जन्मपछि मृत्युदण्ड’ को पक्षधरता औंल्याएको बताए। उनले भने, “यो मृत्युदण्ड हो, गर्भपतन होइन। बच्चा जन्मिनु ठिक छ। तर मारिनु गलत हो। यो मेरो विचारमा गलत हो।” 

बहसका मध्यस्थकर्ता लिन्से डेभिसले ट्रम्पलाई सच्याउँदै भने, “बच्चा जन्मिसकेपछि उसको हत्या गर्ने कानुनी व्यवस्था यो देश (अमेरिका) को कुनै पनि राज्यमा छैन।’ ह्यारिसले थपिन्, “अमेरिकामा कहीँ पनि एउटी महिलाले गर्भपतन गराउनका लागि गर्भधारण गरेकी छैनन्। यो त केवल सङ्कटको वैकल्पिक व्यवस्था मात्र हो।” 

युक्रेनका बारेमा भएको एक अन्तर्वार्तामा ट्रम्पले आफूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गरेर युद्ध टार्न खोजेको बताएका थिए। ट्रम्पले ह्यारिसलाई ‘दूत’ को संज्ञा दिँदै भने, “यो युद्ध सुरु हुनुअघि नै अमेरिकाले ह्यारिसलाई शान्ति वार्ता गर्न पठाएको थियो। जेलेन्स्की र पुटिनसँग वार्ता गर्न पठाएको थियो। तर तीन दिनपछि युद्ध सुरु भयो।”

ह्यारिसले ट्रम्पको दाबीलाई झुटो भन्दै सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गर्नुअघि आफूले म्युनिख सुरक्षा सम्मेलनमा जेलेन्स्कीलाई भेटेको तर पुटिनलाई नभेटेको बताइन्। ह्यारिसले शान्तिको प्रयास गरेको तर आफ्ना कारण युद्ध सुरू नभएको भन्दै ट्रम्पको भनाइलाई खण्डन गरेकी थिइन्। 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १६:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल
सम्बन्धित सामग्री
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले हर्मुज जलमार्गमा अमेरिकी नौसेनाको उन्नत मानवविहीन पानीमुनिको निगरानी उपकरण (अ... सोमबार, असोज १२, २०८३
होर्मुज जलडमरू खोल्न सर्त पूरा हुनुपर्ने इरानको अडान, कूटनीतिबाटै समाधान खोज्न आग्रह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू पुनः खोल्ने र युद्ध अन्त्य गर्ने विषयमा इरानले अघि सारेको प्रस्ताव अस्वीकार गरेको... आइतबार, असोज ११, २०८३
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी उनले अमेरिका–चीनबीचको लामो सम्बन्धप्रति शुभकामना व्यक्त गर्दै दुवै देशका जनताका लागि सद्भाव, शान्ति र समृद्धिको भविष्यको कामना गर्दै... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र सोमबार, असोज १२, २०८३
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल सोमबार, असोज १२, २०८३
कांग्रेसको महाधिवेशनमा युवाको दबदबा, ४४ हजारले पाए पद र झण्डै एक लाख बने प्रतिस्पर्धी सोमबार, असोज १२, २०८३
खाद्य आयातको अनुमति मिलाइदिने भन्दै २८ लाख असुल, विभागका अधिकृतसहित चार जनाविरुद्ध मुद्दा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्