काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अचल सम्पत्ति लिई ओरेण्टल को–अपरेटिभको बचत फिर्ता लिन चाहनेलाई निवेदन दिन आग्रह गरेको छ ।
समितिले सूचना जारी गर्दै समस्याग्रस्त घोषित ओरेण्टल को–अपरेटिभ लिमिटेडको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि सहकारी ऐन, २०७४ को दफा १०५ बमोजिम समितिसमक्ष लेखि आएकाले बचत बराबरको अचल सम्पत्ति लिन चाहनेसँग आवेदन मागेको हो ।
'उक्त सहकारी संस्थाको विभिन्न ऋणीहरूको नाममा भक्तपुर जिल्ला साबिक गुण्डु गाविसमा रहेका जग्गाहरूमध्येबाट यस कार्यालयमा मागदावी पेस गरेका मागदावी कर्ताहरूले आफ्नो बचत रकम बराबरको मूल्यको जग्गा स्वेच्छाले लिई मागदावी फिर्ता गर्न चाहेमा यो सूचना प्रकाशित भएको १५ दिनभित्र यस समितिको कार्यालय बुद्धनगर, काठमाडौंमा निवेदन पेस गर्नु हुन सरोकारवालाहरुको लागि यो सूचना प्रकाशित गरिएको छ', सूचनामा भनिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।