धादिङ-धादिङ धुनिबेसीको सिस्नेखोलामा लेदोसहितको पहिरो जाँदा अवरुद्ध भएको त्रिभुवन राजपथ सञ्चालनमा आएको छ ।
सुरुङमार्गको प्रवेशद्वारनजिकै खसेको पहिरो राति साढे १ बजे पन्छाएसँगै यातायात सञ्चालनमा आएको हो । तर राजमार्गमा सवारीको चाप भने कायम नै छ ।
लगातारको वर्षासँगै आएको लेदोसहितको पहिरोका कारण सडक अवरुद्ध भएपछि राजधानी भित्रिने र बाहिरिने सवारीसाधन रोकिँदा यात्रुहरुले सास्ती पाएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।