• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद: निजी मेडिकल कलेजले पिजी नपढाउने! के होला ७०० बढी सिट?

एमडी/एमएस सिटका लागि अन्तिम दिनसम्म कुनै पनि निजी कलेजले दिएनन् आवेदन
64x64
नेपाल लाइभ शनिबार, भदौ २२, २०८१  १२:१४
1140x725

काठमाडौं- चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी) अन्तर्गत एमडी, एमएस र एमडीएसका लागि मेडिकल कलेज तथा प्रतिष्ठानहरुले स्वमूल्याकंन गरी आफ्ना संस्थामा कुन विषयमा कति सिट आवश्यक भनेर माग दाबी गर्दै चिकित्सा शिक्षा आयोगमा आवेदन दिनुपर्छ। 

मेडिकल कलेजहरु र प्रतिष्ठानहरुले आज शुक्रबारभित्र आयोगमा विषयगत आधारमा सिट संख्या माग गरेर स्वमूल्याकंन (सेल्फ अप्रेजल) फर्म भर्नुपर्ने समयसीमा थियो। तर निर्धारित समयभित्र कुनै पनि निजी मेडिकल कलेजले आयोगमा आवेदन दिएनन्। 

निजी मेडिकल कलेजहरुले पिजीका लागि माग दाबीसहितको आवेदन नै नदिएपछि ति कलेजहरुको अनुगमन गरेर पिजीका लागि विद्यार्थी सिट निर्धारण हुने बाटो नै रोकिएको छ। 'कलेजहरुले नै माग नगरेपछि पिजीको सिट निर्धारण गरेर दिने कुरा हुँदैन,' चिकित्सा शिक्षा आयोगका एक कर्मचारीले भने, 'अब निर्धारित समयभित्र आएका कलेजहरुको माग अनुसार अनुगमन गरेर सिट निर्धारण हुन्छ होला। निजीका हकमा त उनीहरुले नै नमागेपछि कसरी दिन सकिन्छ र।'

किन निजी कलेजहरुले पिजी अध्ययनका लागि सिट संख्याको माग गरेनन्?
निजी मेडिकल कलेजहरुको छाता संस्था 'एसोसिएशन अफ प्रभाइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपाल'का अध्यक्ष डा ज्ञानेन्द्र कार्की भन्छन्, 'पिजीका विद्यार्थीहरुका लागि सरकारले निर्धारण गरेको निर्वाह भत्ताको निर्णयका कारण कलेजहरुले पिजी पढाउन नसक्ने भन्दै आवेदन नदिएका हुन्।'

उनका अनुसार एमडी/एमएसमा हाल तीन वर्षे कोर्ष अध्ययनका लागि विद्यार्थीहरुले २३ लाख रुपैयाँ तिर्नुपर्ने गरी शुल्क तोकिएको छ। यसरी अध्ययन गर्ने चिकित्सकहरुले निर्वाह भत्ता बापत निजी मेडिकल कलेजहरुबाट मासिक २० देखि २५ हजार भत्ता दिने गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

चिकित्सा शिक्षा आयोगले पिजी अध्ययन गर्ने चिकित्सकलाई ८औं तहका चिकित्सकहरुको तलब बराबर निर्वाह भत्ता दिनु भन्ने निर्णय गरेको छ। उक्त निर्णयको विरोधमा कलेज सञ्चालकहरुले पिजी अध्यापन गराउन नसक्ने भन्दै आयोगमा सेल्फ अप्रेजल फर्म नभरेका हुन्।

'हामीसँग कुनै छलफल नगरी आयोगले पिजीका लागि ८औं तहका सरकारी चिकित्सकको तलब सरह निर्वाह भत्ताको सुनिश्चितता गरेर मात्र फर्म भरौं भनेको थियो। पिजीमा हामीले २३ लाख शुल्क लिन्छौं। तर हामीले ती विद्यार्थीहरुलाई महिनाको २० हजारका दरले तीन वर्षमा ७ लाख २० हजार रुपैयाँ उनीहरुलाई नै फिर्ता दिन्छौं। त्यस्तै २ लाख जति आयोगलाई, २ लाख विश्वविद्यालय र अन्य २ लाख अरु विभिन्न शिर्षकमा नै खर्च गर्नुपर्ने हुन्छ,' डा कार्कीले भने, 'यसरी हेर्दा १३ लाख रुपैयाँ त हामीले विभिन्न शिर्षकमा खर्च नै गर्नुपर्छ। अब बाँकी रकमबाट प्राध्यापकहरुको तलब सुविधादेखि अन्य अध्ययन अध्यापनमा खर्च गर्नुपर्छ। हामीलाई तीन वर्षमा त पिजी अध्यापन गराएबापत अहिले घाटाको अवस्था छ। अब ५० हजार बनाएपछि त हामी चुर्लुम्मै डुब्ने देखेपछि आवदेन नदिएका हौं।'

उनका अनुसार अहिलेको शुल्कका आधारमा ५० हजार निर्वाह भत्ता दिने हो भने मेडिकल कलेजहरुले तीन वर्षमा विद्यार्थीबाट २३ लाख रुपैया शुल्क लिएर २५ लाखभन्दा बढी खर्च गर्नुपर्ने अवस्था आउने छ।

Xtrem
Xtrem

आयोगको उक्त निर्णय अनुसार विद्यार्थीलाई ५० हजार भत्ता दिने हो भने पिजीको शुल्क दोब्बरभन्दा बढी बढाउनु पर्ने निजी मेडिकल कलेजहरुको माग छ। उनीहरुले उक्त निर्णय सच्याउन वा शुल्क बढाउन भन्दै आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ध्यानाकर्षण गराएका थिए। तर फर्म भर्ने अन्तिम दिनसम्म पनि निर्णय नसच्चिएपछि उनीहरुले पिजीका लागि कोटा माग नगरेको डा कार्कीले जानकारी दिए।

मेडिकल सञ्चालक खुमा अर्यालले आयोगको उक्त निर्णयका कारण सात सय भन्दा बढी चिकित्सकहरुको नेपालमा नै पिजी अध्ययनको बाटो बन्द हुने अवस्था आएको बताए। उनले चिकित्सा शिक्षा क्षेत्रमा पिजीका विद्यार्थीहरुका लागि आज शुक्रबार कालो दिन भएको पनि बताए।

चिकित्सा शिक्षा अन्तर्गत एमडी, एमएस तथा एमडीएसका लागि नेपालका निजी मेडिकल कलेजहरुमा विभिन्न विषयमा सात सयभन्दा बढी सिट रहेको छ। गत वर्ष झण्डै ८ सय विद्यार्थीहरुले निजी कलेजमा पिजी अध्ययन गरेको डा कार्कीले जानकारी दिए। 'हामी त यस्तो अवस्थामा अब पढाउन्नौं। अब सरकारले कसरी पिजीका विद्यार्थी पढाउँछ। त्यो सरकारलाई नै थाहा होला।'

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अन्जनी झाले निजी कलेजहरुले समयसीमा भित्र आवेदन नदिएको जानकारी दिँदै अब आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीबाट केही निर्देशन आएमा त्यही अनुसार अगाडि बढ्ने बताए।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ?
सम्बन्धित सामग्री
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मन्त्रालयले उक्त विधेयक संघीय संसद्‍मा दर्ता गर्ने बुझिएको छ। सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित प्रधानमन्त्री शाहका अनुसार असोज ८ गतेदेखि वर्षाजन्य विपद्का घटनामा परी हालसम्म २७ जनाको मृत्यु भएको छ। ७ जना घाइते छन् भने ४ जना अझै... सोमबार, असोज १२, २०८३
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार बसेको समिति बैठकले यात्रुको चापअनुसार पर्याप्त सवारीसाधन थप्न, तोकिएका बसपार्कबाटै सञ्चालन गर्न तथा निर्धारित स्थानबाट मात्र... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्