मुग्लिन(चितवन)-पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो ।
सडक विभागको समन्वयमा पहिरो हटाएपछि पौने ९ बजेदेखि यातायात दुईतर्फी नै सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।