काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक प्रयोगमा लगाइएको प्रतिबन्ध हटाउन सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ।
भदौ ६ गतेको मन्त्रिपरिषदको बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो। त्यही निर्णयको कार्यान्वयनका लागि प्राधिकारणले सबै इन्टरनेट सेवा प्रदायकहरु र मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन जारी गरेको हो।
‘टिकटमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरु र मोबाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ’, प्राधिकरणको अनुगमन महाशाखाद्वारा जारी निर्देशनमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।