काठमाडौं– नेपालले तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टलाई १६० रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० ओभरमा १५९ रनमा अल आउट भयो। नेपालका कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ रन बनाए।
कुशल मल्लले ५५ बलमा ३५ रन बनाए। आरिफ शेख २०, कार्यवहाक कप्तान सोमपाल कामी २, गुलशन झा ५ रनमा आउट भए।
यसैगरी आसिफ शेख डक, अनिल साह ३, सन्दीप जोरा ६ रनमा आउट भए।
श्रीलंका डेभलपमेन्टका लागि गरुका सन्खेतले चार विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।