• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

गाजामा ६ जना बन्धक मारिएपछि हजारौं इजरायली नागरिक सरकारविरुद्ध सडकमा

64x64
नेपाल लाइभ सोमबार, भदौ १७, २०८१  १४:५३
1140x725

एजेन्सी– हमासले इजरायलबाट बन्धक बनाएर लगेकामध्ये छ जनाको शव गाजा स्ट्रिपमा फेला परेपछि इजरायलका विभिन्न स्थानमा हजारौँ मानिसले इजरायल सरकारसँग असन्तुष्टि व्यक्त गर्दै विरोधप्रदर्शन गरेका छन्।

बन्धक मुक्तिको सम्झौता गर्न दबाव दिने उद्देश्यले इजरायलको एउटा ठूलो ट्रेड यूनियन 'हिस्टाड्रूट'ले सोमवार देशव्यापी हडताल आह्वान गरेपछि त्यसको पूर्वसन्ध्यामा देशभरि जुलुस निकालिएको हो।

इजरायलको झण्डा अङ्कित लुगा लगाएर सडकमा भेला भएका प्रदर्शनकारीहरूले तेल अभिभ, जेरुसलेम र अन्य सहरमा इजरायल सरकार र प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले बाँकी बन्धकहरूको मुक्तिका लागि हमाससँग सहमति गर्न पर्याप्त काम गरेको आरोप लगाए। आइतवार आयोजित विरोधप्रदर्शन प्रायः शान्तिपूर्ण रह्यो। यद्यपि तेल अभिभमा भिडले प्रहरीको घेरा नाघ्दै एउटा राजमार्गमा अवरोध गरेको थियो। हडताल गर्ने निर्णयमा विपक्षी दल, तेल अभिभका नगरप्रमुख र प्रमुख उत्पादक सङ्घको समर्थन छ।

यद्यपि हडताल रोक्नका लागि सरकारले अदालतको आदेश ल्याउने प्रयत्न गरिरहेको छ। नेतन्याहूले आफू बाँकी बन्धकको रिहाइ सुनिश्चित गर्न र देशको सुरक्षालाई संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन्। इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले शनिवार दक्षिण गाजाको रफाह क्षेत्रस्थित भूमिगत सुरुङमुनि छ जनाको शव फेला परेको जनाएको थिए। मृतकमध्ये पाँच इजरायली र एक अमेरिकी नागरिक थिए।

आईडीएफका अनुसार इजरायली सैनिकहरू घटनास्थलमा पुग्नु केही समयअघि मात्रै ती बन्धकको हत्या भएको थियो। उक्त समाचार प्रकाशित भएपछि सरकार र प्रधानमन्त्री नेतन्याहू हमाससँग भएका बाँकी बन्धकको रक्षा गर्न विफल भएको आरोप लगाउँदै चर्को विरोध हुन थालेको हो।
आइतवार राति प्रहरीको घेरा नाघ्दै तेल अभिभस्थित एउटा मुख्य राजमार्गमा पुगेका कतिपय प्रदर्शनकारीहरू उक्त भेला कत्रो ठूलो छ भनेर हेर्न बसको छत तथा फोहोर सङ्कलन गर्न राखिएका 'बिन'माथि पनि चढेका थिए।

सडकमा नारा लगाइरहेका कतिपयले नेतन्याहूको मुखुन्डो लगाएका व्यक्तिलाई घेरा हाल्दै, “हामीलाई उनीहरू जीवित चाहियो, जीवत, जीवित, जीवित...” भनेर नारा लगाएका थिए। एक प्रदर्शनकारीले बोकेको प्ल्याकार्डमा लेखिएको थियो, “तिमी प्रमुख हौँ। दोष तिम्रो हो।” प्रदर्शनकारीहरूले प्रहरीविरुद्ध पनि नाराबाजी गरेका थिए। कतिले बन्धकहरूप्रति ऐक्यबद्धता व्यक्त गर्न हातमा पहेँलो पट्टी बाँधेका थिए।

लेबर पार्टीकी सांसद नामा लाजिमीले बीबीसीलाई बताएअनुसार चर्को आवाज निस्किने र प्रकाश छर्ने ग्रिनेड प्रहरीले फ्यालेपछि उनी लडेकी थिइन् र उनलाई सामान्य चोट लागेको छ। उनले उक्त प्रदर्शनलाई "उल्लेखनीय र महत्त्वपूर्ण" भन्दै सोमवार के हुन्छ त्यो मुख्य प्रश्न भएको बताइन्। प्रदर्शनमा सहभागी हुनेमा गाजामा बन्धक बनाइएका इडानका पिता एलि श्टिभी पनि थिए।

“निर्णयकर्ताहरू अब बिउँझिएलान् कि भन्ने हाम्रो अपेक्षा छ। हामीसँग समय छैन।” उनका अनुसार आइतवार आयोजित जुलुसमा इजरायली समाजको सबै वर्गका मानिसहरू सहभागी थिए र उनीहरू बन्धकहरू फिर्ता होऊन् भन्ने पक्षमा छन्।

nimb
nimb
Ncell 2
Ncell 2

“मलाई मेरो छोराको धेरै न्यास्रो लागेको छ। सबै परिवारहरू पनि एक किसिमले बन्धकजस्तै भएका छन्।” तेल अभिभको जुलुसमा सहभागी अर्की प्रदर्शनकारी नोगा बुर्क्मानले आफू "घरमा बस्न नसकेको" बताइन्।

“मानिसहरूले बुझेका छन् कि अब हामीले नियम तोडेर भए पनि केही गर्नैपर्छ। यो थालनी मात्रै हो।” जेरुसलेममा प्रदर्शनकारीको एउटा ठूलो समूह प्रधानमन्त्री कार्यालयबाहिर भेला भएको थियो। एक ५० वर्षे व्यक्तिले आइतवार आयोजित प्रदर्शन विगतको तुलनामा सबैभन्दा ठूलो भएको बताए। “आज अवस्था फरक छ, योभन्दा अघिको भन्दा भिन्न परिस्थिति छ।”

स्थानीय सञ्चारमाध्यमहरूले विपक्षी नेता तथा पूर्वप्रधानमन्त्री याअर लापिड पनि प्रदर्शनमा सहभागी भएको जनाएका छन्। उनी 'येश आतिड' पार्टीका नेता हुन्। पूर्वप्रधानमन्त्री लापिडले बन्धकहरूको रिहाइका लागि नेतन्याहूलाई बाध्य पार्नका लागि हडतालप्रति आफ्नो समर्थन रहने बताएका थिए। हडताल आह्वान गर्दै ट्रेड यूनियन नेता आर्नोन बार-डेभिडले भने, “हामी एउटा समझदारीमा पुग्नैपर्छ। सम्झौता अरू कुराभन्दा धेरै महत्त्वपूर्ण छ।”

“हामीले सम्झौताको सट्टामा शवहरू प्राप्त गरिरहेका छौँ।” हमासले बन्धक बनाएका व्यक्तिका परिवारहरूले नेतन्याहूको सरकारलाई र हमाससँग युद्धविराम गर्न दबाव दिने उद्देश्यले विगत केही सातादेखि आमहडताल गर्नुपर्ने बताउँदै आएका थिए। बन्धकका परिवारजनको एउटा समूहले अहिले शव भेटिएका छ जनाले "विगत ११ महिनादेखि हमासको नियन्त्रणमा हुँदा दुर्व्यवहार, यातना र भोक खप्नुपरेको" र अहिले उनीहरूको "हत्या भएको" जनाएको छ।

“सम्झौतामा हस्ताक्षर गर्न भएको विलम्बले उनीहरूको र अन्य धेरै बन्धकको मृत्यु भएको छ,” उक्त समूहले भनेको छ। प्रधानमन्त्री नेतन्याहूले आफू बाँकी बन्धकको मुक्ति र देशको सुरक्षा सुनिश्चित गर्ने सम्झौताका लागि प्रतिबद्ध रहेको बताए। “तर जसले बन्धकहरूको हत्या गर्छ, उनीहरू सम्झौता चाहँदैनन्,” उनले भने। इजरायलका अतिदक्षिणपन्थी अर्थमन्त्रीले अहिले हडताल आह्वान गर्नेहरूले "हमासको स्वार्थको प्रतिनिधित्व गरिरहेको’ बताए।

तर अरू कतिपय उक्त हडतालको पक्षमा खुलेर आएका छन्। तेल अभिभका नगरप्रमुखले आफ्नो कार्यालयका कर्मचारीहरू "बन्धक र तिनका परिवारप्रति ऐक्यबद्धता" व्यक्त गर्ने हडतालमा सहभागी हुन स्वतन्त्र रहेको बताएका छन्। गाजामा कति बन्धक बाँकी छन् भन्ने स्पष्ट छैन। गत वर्ष अक्टोबर ७ मा हमासका लडाकुहरूले २५१ जनालाई बन्धक बनाएर लगेका थिए। तीमध्ये एक नेपालका विपिन जोशीसहित केही विदेश नागरिक पनि थिए।

हमासले गरेका आक्रमणमा परेर केही नेपाली नागरिकसहित १,२०० जनाको मृत्यु भएको थियो। उक्त अनपेक्षित आक्रमणपछि इजरायलले गाजामा थालेको सैन्य कारबाहीमा परेर ४०,००० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको तथ्याङ्क हमासले गाजामा सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले दिएको छ। मृतकमध्ये महिला र बालबालिकाको सङ्ख्या उल्लेख्य भएको बताइएको छ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १४:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी
सम्बन्धित सामग्री
इरानसँग हतारमा सम्झौता नगर्ने राष्ट्रपति ट्रम्पको भनाइ “वार्ता व्यवस्थित र रचनात्मक ढङ्गले अघि बढिरहेको छ र मैले मेरा प्रतिनिधिहरूलाई कुनै पनि सम्झौता गर्न हतार नगर्न सूचित गरेको छु,” राष... सोमबार, जेठ ११, २०८३
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन विपक्षीहरूले लामो समयदेखि उत्तरी शहर नोभी सादमा सन् २०२४ नोभेम्बरमा ट्रेन स्टेशनको छाना भत्किएको बिषयलाई लिएर उक्त आयोजना निर्माणमा... आइतबार, जेठ १०, २०८३
पाकिस्तानमा ईद मनाउन निस्किएका सैनिक कर्मचारी बोकेको रेलमा शक्तिशाली विस्फोट, २४ जनाको मृत्यु प्रान्तीय राजधानी क्वेटानजिकै भएको उक्त आक्रमणपछि घटनास्थलमा ठूलो क्षति पुगेको छ, र उद्धार कार्य जारी रहेको बताइएको छ । आइतबार, जेठ १०, २०८३
ताजा समाचारसबै
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी मंगलबार, जेठ १२, २०८३
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्