काठमाडौँ- यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४(इन्फा) को मनोनयन सार्वजनिक भएको छ। यति नेपाली एसोसिएसन, युकेको आयोजना र संगिक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रालिको व्यवस्थापनमा यही भदौ २९ (सेप्टेम्बर १४) मा इन्फा अवार्ड लण्डनमा आयोजना हुनेछ।
वर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरुलाई आधार मानेर इन्फा अवार्डको उत्कृष्ट मनोनयन सूची तयार पारिएको छ। जुरी संयोजक सुनिल थापा, जुरी सदस्य गौरी मल्ल र उज्वल घिमिरेले एभरेष्ट फिल्म एकेडेमीमा फिल्महरु हेरेपछि उत्कृष्ट मनोनयन छनोट गरिएको हो।
उत्कृष्ट मनोनयन यस प्रकार छन्ः
१. उत्कृष्ट फिल्म
– जारी : बासुरी फिल्मस्
– दिमाग खराब : सिनेमा आर्टस्/ब्ल्याक हर्स फिक्चर्स
– प्रसाद २ : उसजी फिल्मस्/सुलभ थापा प्रोड्क्सन
– फर्की फर्की : रोहित अधिकारी फिल्मस्
– गाँउ आएको बाटो : मनच्याएम पिक्चर्स/बासुरी फिल्मस्
२. उत्कृष्ट निर्देशक
– जारी : उपेन्द्र सुब्बा
– दिमाग खराब : निश्चल बस्नेत
– प्रसाद २ : सुदर्शन थापा
– फर्की फर्की : सुयोग गुरुङ
– गाँउ आएको बाटो : नवीन सुब्बा
३. उत्कृष्ट अभिनेता
– दिमाग खराब : खगेन्द्र लामिछाने
– प्रसाद २ : बिपिन कार्की
– फर्की फर्की : अनमोल केसी
– गाँउ आएको बाटो : दयाहाङ राई
– पुजार सार्की : प्रदीप खड्का
४. उत्कृष्ट अभिनेत्री
– प्रसाद २ : केकी अधिकारी
– फर्की फर्की : जसिता गुरुङ
– गाँउ आएको बाटो : पशुपति राई
– जारी : मिरुना मगर
– परस्त्री : शिल्पा मास्के
५. उत्कृष्ट कथा/पटकथा
– प्रसाद २ : सुशील पौडेल
– दिमाग खराब : आकाश बराल
– जारी : उपेन्द्र सुब्बा
६. उत्कृष्ट सम्पादक
– प्रसाद २ : मिलन श्रेष्ठ
– गाउँ आएको बाटाे : क्वान पुन लेउन
– फर्की फर्की : सुरेन्द्र पौडेल
७. उत्कृष्ट छाँयाकार
– प्रसाद २ : राजेश श्रेष्ठ
– फर्की फकी : नरेन्द्र मैनाली
– जारी : शैलेन्द्र डि कार्की
८. उत्कृष्ट संगीतकार
– नांगो गाउँ : सुशान्त गौतम (सुन सुन सुन्दरी)
– बोक्सीको घर : प्रकाश सपुत (बुझिन मैले)
– जारी : कालिप्रसाद बास्कोटा (चरी बस्यो)
९. उत्कृष्ट पार्श्वगायक
– नांगो गाउँ : एसडी योगी (सुन सुन सुन्दरी)
– पुजार सार्की : प्रकाश सपुत (दर्शन गरें)
– जारी : कालिप्रसाद बास्कोटा (चरी बस्यो)
१०. उत्कृष्ट पार्श्वगायिका
– नांगो गाउँ : अञ्जु पन्त (सुन सुन सुन्दरी)
– पुजार सार्की : शान्तिश्री परियार (दर्शन गरें)
– बोक्सीको घर : समीक्षा अधिकारी (बुझिन मैले)
११. उत्कृष्ट नृत्य निर्देशक
– नांगो गाउँ : रामजी लामिछाने (सुन सुन सुन्दरी)
– पुजार सार्की : शिशिर खत्री (दर्शन गरें)
– फर्की फर्की : किरण थापा ( फर्की फर्की)
१२. उत्कृष्ट खलपात्र
– प्रसाद २ : अर्पण थापा
– अगस्त्य : प्रमोद अग्रहरी
– ऐचौं पैंचो : कोशिश क्षेत्री
१३. पपुलर अभिनेता
१४. पपुलर अभिनेत्री
१५. उत्कृष्ट अभिनेता, जुरी
१६. उत्कृष्ट अभिनेत्री, जुरी
१७. पर्फमर अफ दि एयर
१८. लाइफटाइम एचिभमेन्ट अवार्ड
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।