काठमाडौं-ओमानका विदेशमन्त्री शैयद बदर बीन हमद बीन हमुद अलबुसाईदी नेपालको दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् ।
परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणामा ओमानका विदेशमन्त्री शैयद भोलि नेपाल आउन लागेका हुन् । भ्रमणमा नेपाल र ओमानबीचको सम्बन्ध थप मजबुत बनाउने र आपसी चासोका बिषयमा दुईपक्षीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैगरी ओमानका विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।