एजेन्सी- लगातारको मनसुनी वर्षाका कारण बंगलादेश बाढीको चपेटामा परेको छ । बाढीका कारण त्यहाँ २० जनाको मृत्यु भएको छ भने ५० लाखभन्दा बढी मानिस प्रभावित भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
बाढीका कारण लाखौं मानिसले व्यवस्थित खाना, सफा पानी, औषधि र सुक्खा कपडाको अभावको सामना गरिरहेको बताइएको छ ।
बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले टेलिभिजन सम्बोधनमार्फत् प्रशासनले बाढी पीडितलाई सामान्य अवस्थामा फर्काउन सबै आवश्यक उपायहरू अपनाइरहेको बताएका छन् । त्यस्तै बाढी भारतले बाँध खालेको कारण आएको बताइरहँदा युनुसले आगामी दिनमा बाढी आउन नदिन भारतसँग छलफल सुरु गरेको जानकारी दिनुभएको छ ।
बाढी प्रभावित ११ जिल्लाका करिब ४ लाख मानिसले ३५ सय राहत शिविरहरूमा शरण लिइरहेको अधिकारीहरुले जनाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।