एजेन्सी – मनको तटमा आप्रवासीहरूको डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य १४ जना बेपत्ता भएका छन्।
जिबुटीबाट प्रस्थान गरेको डुङ्गामा २५ जना इथियोपियाली आप्रवासी र दुई यमनी नागरिक रहेको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले जनाएको छ। डुङ्गा मङ्गलबार बानी अल–हकम उप–जिल्लाको दुबाब जिल्ला नजिकै पल्टिएको थियो।
मृत्यु हुनेमा ११ पुरुष र दुई महिलाको शव फेला परेको छ भने बाँकी बेपत्ताको खोजी कार्य जारी रहेको आइओएमले जनाएको छ। डुङ्गा पल्टिनुको कारण स्पष्ट भएको छैन।
आइओएमले द्वन्द्व, गरिबी र जलवायु सम्बन्धी चुनौतीलगायत अनियमित बसाइँ सर्ने मूल कारणको समाधान गर्न सबै पक्षलाई आह्वान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।