• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १२, २०८३ Sat, Apr 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यस्ता छन् छानबिन समितिले रविलाई सोधेका प्रश्न

64x64
नेपाल लाइभ शनिबार, भदौ ८, २०८१  ०८:१०
1140x725

काठमाडौँ -सहकारी बचत हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग शुक्रबार १० घण्टा बयान लिएको छ ।

समितिको कार्यालय सिंहदरबारमा अपराह्न साढे ३ बजे सुरु भएको बयान राति १ बजेसम्म चलेको थियो । सुरुमा ४४ प्रश्न तयार पारिएकोमा पूर्वडीआईजी छविलाल जोशीको बयानपछि ७ प्रश्न थपेर कुल ५१ प्रश्न र दर्जनौं पूरक प्रश्न सोधिएको थियो ।

रविलाई सोधिएका प्रश्न 

१. आफ्नो नामसहित तीन पुस्ता र परिवारका सदस्यहरूको विवरण खुलाउनुहोस् । परिवारका सदस्यहरू को कहाँ हुनुहुन्छ ? खुलाइदिनुहोस् ।

२. तपाईंको शारीरिक अवस्था कस्तो छ ? सोधिएका प्रश्नको उत्तर दिन सक्नुहुन्छ ?

३. तपाईं आबद्ध रहेका र सञ्चालकको भूमिकामा रहेका सहकारी संस्थाहरूको नाम, ठेगाना र अन्य कुनै विवरण भए सो समेत खुलाउनुहोस् । सम्बद्ध कुनै कागजात भए पेस गर्नुहोस् ।

४. ऐच्छिक (उत्तरमा आधारित) ः तपाईंले सहकारी संस्थामा आबद्ध छैन भन्नुभयो, तर सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको मेम्बर आईडी नं. ००१–०८७१५६ र सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवलको मेम्बर आईडी नं. ००१–०५८५०६ मा तपाईंको नामसहितको केवाईएम (नो योअर मेम्बर) रहेको देखिन्छ । के हो ? खुलाइदिनुहोस् ।

५. पछिल्लो पाँच वर्षयताको तपाईंका पेसा वा व्यवसाय के हुन् ? खुलाइदिनुहोस् ।

nimb
nimb
Ncell 2
Ncell 2

६. तपाईं गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन मितिदेखि के–कुन मितिसम्म के–कुन भूमिका र जिम्मेवारीमा रहनुभएको थियो ? खुलाइदिनुहोस् ।

७. ०७७।१२।२५ देखि २०७९।३।१ सम्म तपाईं प्रबन्ध निर्देशक हुँदा कार्यालयको के–कुन प्रशासनिक काममा संलग्न रहने गर्नुभएको थियो ? खुलाइदिनुहोस् ।

संसदीय छानबिन विशेष समितिमा १० घण्टाको बयानपछि फर्कंदै पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने ।तस्बिर : दीपक केसी/कान्तिपुर

८. गोर्खा मिडिया नेटवर्क प्रालिका के–कुन व्यवसाय रहेका छन् ? उक्त प्रालिद्वारा सञ्चालित ग्यालेक्सी फोरके हाल चलिरहेको छ, छैन ? खुलाइदिनुहोस् ।

९. गीतेन्द्रबाबु राईसँग तपाईंको के–कसरी चिनजान भएको हो ? व्यावसायिक साझेदारीमा के–कसरी प्रवेश गर्नुभयो ? खुलाइदिनुहोस् ।

१०. सहकारी संस्थाका सदस्यबाहेक व्यक्तिको बचत जम्मा गर्न वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्न वा ऋण वा कर्जा लिन पाइन्छ, पाइँदैन ? तपाईंलाई के थाहा छ ? खुलाइदिनुहोस् ।

११. सहकारी समस्यामा परेपछि प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयबाट गराइएको लेखा परीक्षणअनुसार सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा मिति २०७७।१२।१८ मा तपाईंका नाममा २ करोडको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा भएको खातामा सोही मिति (३१ मार्च २०२१) मा उक्त रकममध्ये १ करोड ९६ लाख रकम जम्मा भएको देखिन्छ, उक्त व्यहोरा के–कसो के हो ? यसरी व्यक्तिको नाममा लिएको ऋण कम्पनीमा पठाउन मिल्छ ?

१२. तपाईंले मिति २०७७।१२।१८ मै गोर्खा मिडिया नेटवर्क प्रालिको १,८०,००० कित्ता सेयर लिएको देखिन्छ । उक्त रकम सोही प्रयोजनका लागि लिनुभएको त होइन ?

१३. तपाईंले गोर्खा मिडिया नेटवर्क प्रालिमा मिति २०७७।१२।१८ मा रु. १ करोड ८० लाखको सेयर लगानी गर्नुभएको देखिन्छ । उक्त सेयर रकम कम्पनीलाई कसरी के–कुन माध्यमबाट के–कुन स्वरूपमा चुक्ता गर्नुभएको थियो ?

१४. सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा मिति २०७८।०३।२२ मा कुमार रम्तेलको नाममा १ करोड ९० लाखको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा भएको खातामा १ करोड ३ लाख ३६ हजार जम्मा गरी बाँकी रकम तपाईंको नाममा रहेको ऋण शीर्षक १०५–२२४ मा ७,००,०००।– र अन्य पुराना ऋणहरू कुमार रम्तेल १०५–५० मा ५९,९३,४२०।–, छविलाल जोशी १०५–२११ मा १५,८०,०००।– जम्मा गरी उक्त ऋणहरू फर्स्योट देखाई निज कुमार रम्तेलकै नाममा ऋण कायम गरेको देखिन्छ, यस्तो किन गरिएको हो ? तपाईंको नामको ऋण कुमार रम्तेलको नाममा लिइएको कर्जाको अंशबाट कसरी फर्स्योट हुन गएको हो ? खुलाइदिनुहोस् ।

१५. सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा भूपेन्द्रबाबु राईको नाममा ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सिद्धार्थ बैंकमा भएको खातामा मिति २०७७।०६।११ मा १ करोड, गोर्खा मिडिया नेटवर्क प्रालिकै ग्लोबल आईएमई बैंकमा भएको खातामा मिति २०७८।०१।०५ मा १ करोड, २०७८।०१।०९ मा ३० लाख र मिति २०७८।०३।०४ मा १ करोड गरी जम्मा ३ करोड ३० लाख जम्मा भएको देखिन्छ, उक्त व्यहोरा के–कसो हो ? यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ ? उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ?

१६. सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा मिति २०७७।१०।२९ मा छविलाल जोशीको नाममा २ करोड ५० लाखको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा भएको खातामा २ करोड ४५ लाख जम्मा भएको देखिन्छ, उक्त व्यहोरा के कसो हो ? यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ ? उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ?

१७. सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा विपिनकुमार आचार्यका नाममा मिति २०७८।०९।१२ मा १ करोड ५६ लाख १५ हजारको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा भएको खातामा सोही मितिमा १ करोड ५० लाख रकम जम्मा भएको देखिन्छ, उक्त व्यहोरा के–कसो हो ? यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ ? उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ?

१८. भूपेन्द्रबाबु राईको नाममा २०७७।०६।११, २०७८।०१।०५ र २०७८।०३।०४ मा ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिमा पठाइएको ३ करोड ३० लाख २०७८।०३।३१ मा फर्स्योट देखाई सोही रकमको नयाँ ऋण खडा गरी पुनः मिति २०७८।०६।१३ मा ५० लाख र २०७९।०२।०४ मा ३० लाख गरी जम्मा ८० लाख पेस्की रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लिएको देखिन्छ । उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ?

१९. सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा पुष्पराज गिरीको नाममा पेस्की जनाई मिति २०७८।०६।२४ मा २५ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा जम्मा गरेको देखिन्छ । उक्त पेस्की रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ? निज पुष्पराज गिरीको व्यक्तिगत विवरण के हो ? खुलाइदिनुहोस् ।

२०. सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा पेस्की जनाई २०७७।०६।११ मा १ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सिद्धार्थ बैंकमा रहेको खातामा मिति २०७८।०१।०५ मा १ करोड र मिति २०७८।०१।०९ मा ३० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा जम्मा गरेको देखिन्छ ? उक्त पेस्की रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ? सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी पेस्की लिन मिल्छ ?

२१. सहकारी समस्यामा परेपछि पोखरा महानगरपालिकाबाट भएको छानबिन प्रतिवेदनको वित्तीय विश्लेषणअनुसार सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा मिति २०७७।१२।३० मा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा १ करोडको ऋण कर्जा स्वीकृत गरी रु.९७ लाख ९५ हजार ग्लोबल आईएमई बैंकको एकाउन्टपेयी चेक नं. ३६२९१४७८ मार्फत भुक्तानी दिइएको देखिन्छ । उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ? सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी कर्जा लिन मिल्छ ?

२२. सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा मिति २०७७।१२।३० मा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा १ करोडको ऋण कर्जा स्वीकृत गरी रु. ९७ लाख ९५ हजार ग्लोबल आईएमई बैंकको एकाउन्टपेयी चेक नं. ३६२९१४७८ मार्फत भुक्तानी दिइएको देखिन्छ । उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ? सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी कर्जा लिन मिल्छ ?

२३. सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा मिति २०७८।०७।०५ मा शेरबहादुर ठकुल्लाको नाममा कर्जा नं. ११६–४५७७ मा रु. ५० लाख कर्जा देखाई निजकै बचत खाता नं. ४९–०१०५९ मा जम्मा गरी उक्त रकम मेगा बैंकको चेक नं. २९२९०९४६ मार्फत गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा भुक्तानी प्राप्त भएको देखिन्छ । उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ? सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी कर्जा लिन मिल्छ ?

२४. सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा मिति २०७८।०९।०६ मा विपिनकुमार आचार्यको कर्जा खाता नं. ११६–४६१६ मा रु. १ करोड कर्जा देखाई बचत खाता नं. ४९–०१२५० मा जम्मा गरिएको र उक्त कर्जाको सेवा शुल्क एवं अन्य शुल्कहरू गीतेन्द्रबाबु राईको बचत खाता नं. ३१–१४४५३ बाट रकमान्तर गरी कट्टा गरिएको कम्प्युटर लेखा प्रणालीबाट देखिन्छ । उक्त बचत खाता नं. ४९–०१२५० बाट रु. १ करोड सहकारीकै गोर्खा फाइनान्सको चेक नं. १०००८५१५२८ मार्फत गोर्खा मिडिया नेटवर्क प्रालिलाई भुक्तानी भएको देखिन्छ । उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ? निज विपिनकुमार आचार्य को–कुन व्यक्ति हुन् ? निजले गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम तिर्नुपर्ने दायित्व वा कुनै कारोबार छ ?

२५. सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा पेस्की जनाई २०७८।०२।०३ मा ५० लाख मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०८५ मार्फत र मिति २०७८।०३।०९ मा ५० लाख मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०९९ मार्फत गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा प्रवाह भएको देखिन्छ । उक्त पेस्की रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ? सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी पेस्की लिन मिल्छ ?

२६. उपरोक्त पेस्की रकम मिति २०७८।०३।३१ मा तपाईंको नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा कर्जा नं ११६–४४५६ मा रकमान्तर गरी कर्जा खडा गरी पेस्की सेटल गरेको देखिन्छ । तपाईं सहकारीको सेयर सदस्य नै नभएको व्यक्तिले उक्त कर्जा कसरी लिनुभयो ? उक्त कर्जाका लागि के–कुन धितो दिनुभएको थियो ?

२७. सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा तपाईंको नाममा रहेको कर्जा नं. ११६–४४५६ को ऋण रकम रु. १ करोडको १४.७५ प्रतिशत ब्याजदरमा पहिलो वर्षको ब्याज १४,७५,००० र दोस्रो वर्षको ब्याज रु. १६,१३,७३० समेत गरी जम्मा रु. १ करोड ३० लाख ८९ हजार मिति २०८०।०३।१३ मा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा नयाँ कर्जा खाता नं. ११६–४८०१ खडा गरी १ करोड ३० लाख ८९ हजार ऋण कायम भएको देखिन्छ । तपाईंको व्यक्तिगत कर्जा चुक्ता नगरी तपाईंले मिति २०७९।०३।०२ मै छाडिसकेको गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ऋण कायम के–कुन आधारमा गराउनुभएको हो ? खुलाइदिनुहोस् ।

२८. सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा रहेको गोर्खा मिडिया नेटवर्क प्रालिको रु.२ करोड पेस्की रकम मिति २०७८।०३।३१ मा फर्स्योट भई सोही दिन तपाईं प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक छविलाल जोशीका नाममा सोही रकमको ऋण लेखांकन भएको देखिन्छ । साझेदारी कम्पनीको ऋण एक जना मात्र सञ्चालकको नाममा किन कायम गर्नु/गराउनुभएको हो ? खुलाइदिनुहोस् ।

२९. मिति २०७९।०३।०२ मा गोर्खा मिडिया नेटवर्क प्रालिमा रहेको तपाईंको नामको १,८०,००० कित्ता सेयर गीतेन्द्रबाबु राईलाई बिक्री गर्दा प्रतिसेयर मूल्य कति निर्धारण गरेर बिक्री गर्नुभयो ? उक्त रकम के–कुन माध्यमबाट प्राप्त गर्नुभयो ? खुलाइदिनुहोस् ।

३०. नोबडी प्रोडक्सन प्रालि के–कुन कम्पनी हो ? गोर्खा मिडिया नेटवर्क प्रालिसँग यसको के–कुन प्रकारको कारोबार रहेको थियो ? उक्त कम्पनीलाई आर्थिक वर्ष ०७७/७८ मा संस्थाले आम्दानी हुने गरी कुनै काम सुरु नगरेकै अवस्थामा रु. ५ करोड ३५ लाख बराबरको पेस्की किन दिइएको हो ?

३१. गोपीकृष्ण मुभी प्रालि के कुन कम्पनी हो ? गोर्खा मिडिया नेटवर्क प्रालिसँग यसको के–कुन प्रकारको कारोबार रहेको थियो ? उक्त कम्पनीलाई आर्थिक वर्ष ७७/७८ मा २५ लाख पेस्की किन दिइएको हो ?

३२. आर्थिक वर्ष ७७/७८ मा ग्रिन टी डेभलपमेन्टलाई ४५ लाख र आर्थिक वर्ष ७८/७९ मा १० लाख थप गरी रु. ५५ लाख रकम र लक्ष्मीप्रसाद पौडेललाई पेस्की रु. ४९ लाख ९९ हजार के–कुन प्रयोजनका लागि दिइएको हो ? खुलाइदिनुहोस् ।

३३. शम्भु गुरागाईं गोर्खा मिडिया नेटवर्क प्रालिमा कहिलेदेखि कहिलेसम्म कार्यरत हुनुहुन्थ्यो ? कर्मचारी पेस्की शीर्षकमा आर्थिक वर्ष २०७७/०७८ दिइएको रु. ८१ लाख ३ हजार आर्थिक वर्ष २०७८/०७९ मा समेत कायमै देखिन्छ । आर्थिक वर्षको अन्त्यसम्ममा पनि किन फर्स्योट नगर्नु, नगराउनु भएको हो ?

३४. गोर्खा मिडिया नेटवर्क प्रालिबाट आर्थिक वर्ष २०७७/०७८ ब्याजबापत १ करोड ५५ लाख भुक्तानी गरेको देखिन्छ । उक्त रकम कसलाई र कुन ऋणबापत दिनुभएको हो ?

३५. विदेशी कम्पनी उल्लेख गरिएको लाओ एसिया प्यासिफिक स्याटलाइट को–लिमिटेडबाट १४ जुन २०२२ मा गोर्खा मिडिया नेटवर्क प्रालिले रु. ५५ लाख १७ हजार ७ सय २३ ऋण लिएको देखिन्छ । उक्त ऋण के कुन प्रयोजनका लागि लिनुभएको हो ? उक्त ऋण कानुनसम्मत छ त ?

३६. यहाँ प्रबन्ध निर्देशक रहेकै समयमा चुक्ता पुँजी १२ करोड रहेको कम्पनी १६ करोडको नोक्सानमा रहेको देखिन्छ । उक्त समयको मुख्य खर्च निकासा हेर्दा तपाईं, गीतेन्द्रबाबु राई, शम्भु गुरागाईं र विपिनकुमार आचार्यको तलबलगायत देखिन्छ । त्यस अतिरिक्त विपिनकुमार आचार्य सञ्चालक रहेको कम्पनीमा अत्यधिक सञ्चालन खर्च निकासा हुने गरेको देखिन्छ । कम्पनी नोक्सानमा रहँदारहँदै संस्थाबाट भएको खर्चको औचित्य कसरी पुष्टि गर्नुहुन्छ ?

३७. ३१ मार्च २०२१ देखि १५ जुन २०२२ सम्म तपाईं प्रबन्ध निर्देशक रहेको अवधिमा सहकारीहरूले गोर्खा मिडिया नेटवर्क प्रालिलाई दिएको ऋण रकम र गोर्खा मिडियामा दाखिला भएको ऋणको औचित्य कसरी पुष्टि गर्नुहुन्छ ? (प्रश्नको थप विवरण टेबलमा)

३८. गोर्खा मिडिया नेटवर्क प्रालिबाट कर्मचारी पेस्की शीर्षकमा आर्थिक वर्ष २०७७/०७८ मा ६ लाख ४५ हजार र आर्थिक वर्ष २०७८/०७९ मा १७ लाख रकम पेस्की लिनुभएको देखिन्छ । उक्त रकम के–कुन प्रयोजनका लागि लिनुभएको थियो ? आर्थिक वर्षको अन्त्यसम्ममा पनि किन फर्स्योट नगर्नु भएको हो ?

३९. तपाईंले गोर्खा मिडिया प्रालिको सेयर खरिद गरी सञ्चालक एवं प्रबन्ध निर्देशक बन्दाका बखत कम्तीमा पाँच वर्षका लागि साथै रहने र संस्था चलाउने प्रतिबद्धता जनाउनुभएको थियो । तर आठ महिनामै आफ्नो प्रतिबद्धताबाट पछाडि हटेका कारण गोर्खा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजन संकटमा परेको हो, यसको जिम्मेवारी निज रवि लामिछानेको हो भन्ने समेतको व्यहोरा उक्त कम्पनीका हालका सञ्चालकहरूले यस समितिमा अभिलेखबद्ध गराउनुभएको छ ? यसमा तपाईंको भनाइ के छ ? हालको खासगरी गीतेन्द्रबाबु राई समूहद्वारा सञ्चालित सहकारीहरूमा आजको संकट देखिनुमा र त्यस संकटको समाधानमा तपाईंको जिम्मेवारी के हुन्छ ? खुलाइदिनुहोस् ।

४०. सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा र सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलबाट रवि लामिछानेको नाममा प्रवाह भएको कर्जा तथा पेस्की रकमहरू तपाईं पूर्वउपप्रधानमन्त्री र गृहमन्त्री एवं प्रतिनिधिसभाको माननीय सदस्य रवि लामिछानेकै नाममा जारी भएको हो र सहकारीमा कायम भएको सदस्यता समेत तपाईंकै भएको भनी भवीश्वर अर्याल, रोशनी गुरुङ, कुमार रम्तेलसमेतले खुलाउनुभएको देखिन्छ । तपाईंको नाममा कर्जा खडा भई गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम गएको देखिन्छ । गोर्खा मिडियामा तपाईंबाहेक अर्को रवि लामिछाने पनि रहेको देखिँदैन । तपाईंले अस्वीकार गर्न मिल्छ ?

४१. गोर्खा मिडिया नेटवर्क प्रालिको लेखा परीक्षण प्रतिवेदनमा ‘अनसेक्योर्ड लोन’ भनी उल्लेख गरिएको छ । सो भनेको के हो ?

४२. तपाईं माननीय उपप्रधानमन्त्री र गृहमन्त्री पदमा रहेको समयमा प्रतिनिधिसभाको बैठकमा सम्बोधनका क्रममा सहकारीको बचत रकम अपचलनका अभियुक्त गीतेन्द्रबाबु राई रहेको स्थानको नजिकसम्मको सूचना सरकारले प्राप्त गरिसकेको र मलेसिया सरकारका समकक्षीसँग संवादसमेत गरेको भनी जानकारी गराउनुभएको थियो । तर निज पक्राउ पर्न सक्नुभएन, किन ? तत्सम्बन्धमा तपाईंलाई प्राप्त भएको सूचना र सरकारी प्रयासका सम्बन्धमा खुलाउन मिल्ने कुरा खुलाइदिनुहोस् ।

४३. विद्यमान अवस्थामा गोर्खा मिडिया नेटवर्क प्रालि र सहकारी संस्थाहरूको समस्या समाधान गर्न के गर्नुपर्ला ? तपाईंका के सुझाव छन् ?

४४. अन्त्यमा, तपाईंको भन्न बाँकी केही छ ?

 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नियमावलीलाई 'सुपर कानुन' बनाउने प्रयास भइरहेको छ: कांग्रेस प्रवक्ता चालिसे
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु
विश्वकप लिग २ : टस हारेर यूएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
सम्बन्धित सामग्री
सरकारले सुकुम्वासी बस्ती हटाउने भएपछि पीडितहरु बिहानदेखि प्रदर्शनमा शुक्रबार, वैशाख ११, २०८३
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा यादवले सार्वजनिक जागिरमा प्रवेश गरेदेखि जाँच अवधिमा वैध आयको तुलनामा १ करोड ४६ लाख ८१ हजार २२५ रूपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुल... बिहीबार, वैशाख १०, २०८३
सिरहामा मोटरसाइकलले ठक्कर दिँदा बालिकाको मृत्यु सिरहा चोहर्वा सडक खण्डअन्तर्गत नरहा गाउँपालिका ३ खैरिया टोलमा बिहीबार भएको सवारी दुर्घटनामा स्थानीय मोहम्मद देलालकी ५ वर्षीया छोरी ख... बिहीबार, वैशाख १०, २०८३
ताजा समाचारसबै
नियमावलीलाई 'सुपर कानुन' बनाउने प्रयास भइरहेको छ: कांग्रेस प्रवक्ता चालिसे शनिबार, वैशाख १२, २०८३
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु शनिबार, वैशाख १२, २०८३
विश्वकप लिग २ : टस हारेर यूएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल शनिबार, वैशाख १२, २०८३
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
कर्मचारीलाई तीन महिना वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्