काठमाडौँ-काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा बुधबार खसेको पहिरो पूर्ण रूपमा हटाएपछि सडक दुईतर्फी खुलाइएको छ । प्रहरी वृत्त थानकोटकानुसार बुधबार बिहान खसेको पहिरो सोही दिन साँझ एकतर्फी खुलाइएको थियो ।
गाडीको चाप घटेपछि शुक्रबार साँझ बाँकी रहेको पहिरो पन्छाइएको हो । पहिरो हटाइएसँगै दुईतर्फी गाडी सञ्चालन भएको प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।