काठमाडौं– नेपालमा जारी साफ यू–२० च्याम्पियनसिपको समूहचरणको अन्तिम खेलमा नेपालले अहिले बंगलादेशविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ।
एन्फा कम्प्लेक्स च्यासलमा जारी खेलमा पहिलो हाफ सकिँदा नेपालले दुई गोल गर्दा बंगलादेशले एक गोल फर्काएको छ।
नेपालले १८ औं मिनेटसम्म दुई गोलको अग्रता बनाएको थियो। १६ औं मिनेटमा समिर तामाङको गोलबाट १–०को अग्रता बनाएको नेपालले त्यसको दुई मिनेटभित्रै अर्को गोल थपेको थियो।
दोस्रो गोल नेपालका लागि निराजन धामीले गरेका हुन्। तर पहिलो हाफको अन्त्यतिर नेपालले डी–बक्स एरियामा फाउल गर्न पुगेपछि पेनाल्टी पायो र बंगलादेशले पेनाल्टीमार्फत् एक गोल फर्कायो।
खेलको सुरुवातदेखि नै आक्रामक आक्रमण गरिरहेको नेपाल यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ। आजको खेल जितेमा समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा जानेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।