काठमाडौं– नेपालमा जारी साफ यू–२० च्याम्पियनसिपको समूहचरणको अन्तिम खेलमा नेपालले अहिले बंगलादेशविरुद्ध खेलिरहेको छ।
एन्फा कम्प्लेक्स च्यासलमा जारी खेलमा पहिलो हाफको १८ औं मिनेटसम्म नेपालले दुई गोलको अग्रता बनाएको छ। १६ औं मिनेटमा समिर तामाङको गोलबाट १–०को अग्रता बनाएको नेपालले त्यसको दुई मिनेटभित्रै अर्को गोल थपेको हो।
दोस्रो गोल नेपालका लागि नराजन धामीले गरेका हुन्। खेलको सुरुवातदेखि नै आक्रामक आक्रमण गरिरहेको नेपाल यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ। आजको खेल जितेमा समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा जानेछ।
मा जारी खेलमा पहिलो हाफको १८ औं मिनेटसम्म नेपालले दुई गोलको अग्रता बनाएको छ। १६ औं मिनेटमा समिर तामाङको गोलबाट १–०को अग्रता बनाएको नेपालले त्यसको दुई मिनेटभित्रै अर्को गोल थपेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।